9 years ago
June 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मध्यमाञ्चलमाथि जित निकाल्दै नेपाल एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकसदिवसीय पूरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत शनिबार भएको समूह चरणको अन्तिम खेलमा एपिएफले मध्यमाञ्चलमाथि ६ विकेटको जित निकालेको हो ।

एपिएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेको थियो । यो समूहबाट २ खेल जित्दै ४ अंक जोडेको पश्चिमाञ्चल उपविजेता बन्यो । शनिबारको खेल समूह विजेता टुङ्गो लगाउन मात्रै रहेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यमाञ्चलले दिएको १ सय ८८ रनको लक्ष्य एपिएफले ४ विकेट गुमाएर ३४ औं ओभरमा पुरा गर्यो । एपिएफको जितमा अनिल कुमार शाहले अविजित ७८ रनको अर्धशतकीय इनिङ्स खेले । ८५ बलको सामना गरेका अनिलले ११ चौका र दुई छक्का प्रहार गरे । यस्तै ओपनर सन्दिप सुनारले ४१ रन बनाए । आसिफ शेख ३२ रन बनाएर आउट हुदा कप्तान ज्ञानेन्द्र मल्ल २८ रनमा अविजित रहे । पृथु दुई रनमा आउट हुँदा प्रदिप ऐरी एक रनमा नै रनआउट हुँदै पभेलियन फर्किएका थिए । मध्यमाञ्चलका शशी केशरीले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मध्यमाञ्चलले कप्तान हासिम अन्सारीको शतकीय योगदानमा ४८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । चोटका कारण नियमित कप्तान शरद भेषवाकरको अनुपस्थितिमा टोलीका कप्तान रहेका हासिमले जारी प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका हुन् । १ सय २४ बल खेलेका हासिमले १२ चौका र १ छक्का प्रहार गरेका थिए । हासिमले १ सय २२ बलमा शतक पुरा गरेका थिए । यस्तै सोनु तामाङले २७ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

मध्माञ्चललाई सस्तैमा समेट्न कप्तान ज्ञानेन्द्र मल्लले चार विकेट लिए । अविनाश बोहरा र भुवन कार्कीले दुई–दुई तथा यज्ञमान कुमार र सन्दिप जोराले एक–एक विकेट लिए । एपिएफका कप्तान ज्ञानेन्द्र मल्ल ‘म्यान अफ दि म्याच’ घोषित भए ।
प्रतियोगिताको सेमिफाइनल खेल आइतबारबाट शुरु हुनेछ । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल एपिएफ क्लबले समूह ‘बी’ को उपविजेता तथा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस्तै अर्काे सेमिफाइनलमा समूह ‘बी’ को विजेता नेपाल आर्मीले समूह ‘बी’ को उपविजेता पश्चिमाञ्चलको सामना गर्नेछ ।

December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]