default_image

9 years ago

June 3, 2017

हसिमको करियरको पहिलो शतक

123 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत शनिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यमाञ्चलका लागि कप्तान हसिम अन्सारीले आफ्नो करियरकै पहिलो शतक प्रहार गरे। हसिमको शतकसँगै पाएको १ सय ८८ रनको लक्ष्य एपीएफले ४ विकेटको क्षतिमा प्राप्त गरेको थियो।

१ सय २२ बलमा शतक पुरा गरेका हसिमले आफ्नो पारीमा १२ चौका र १ छक्का प्रहार गरेका थिए। ७९ बलमा अर्धशतक पुरा गरेका हसिमले टोलीलाई ३४/४को स्थितिबाट उकासेका थिए। उनले सोनु तामाङसँग पाँचौ विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए। ११ रन बनाएका रशिद खानसँग नवौं विकेटका लागि गरेको ८३ रनको साझेदारीले टोलीलाई सम्मानजनक योगफल तर्फ पुर्याएको थियो। यो जारी प्रतियोगिताकै पहिलो शतक हो।

शतक पुरा गरेसँगै हसिमले आफ्नो प्रदर्शनदेखि एकदम सन्तुष्ट रहेको बताए। “शतक प्रहार गर्दा एकदम खुसि छु। मैले टोलीलाई चाहेको बेलामा आफ्नो तर्फबाट सक्दो प्रयास गरेको थिएँ। आफुले खेलेको हिसाबले रन बन्यो र टोलीलाई योगदान दिन सकें।”

उनले मध्यमाञ्चलले प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसक्नु ब्याडलक रहेको बताए। “हामीले पहिलो खेल मध्यपश्चिमविरुद्ध वर्षाका कारण अंक बाँड्नु पर्यो। त्यो खेल रद्द हुनु हाम्रो लागि ठुलो बेफाइदा भयो। दोश्रो खेलमा पश्चिमाञ्चलसँग शीर्ष श्रेणीका ब्याट्सम्यानहरु नचल्दा हार व्येहोर्नु पर्यो। त्योसँगै हामीले प्रतियोगिताबाट चाडैं बाहिरिनु पर्यो।”

उनले आफ्नो पारीको सुरुवातमा ब्याटिङ गर्न केहि असहज भएको बताए। “बिहान सुरुमा ब्याटिङ गर्न केहि गार्हो थियो। तर दिन बित्दै जाँदा ब्याटिङ सजिलो हुँदै गयो र मेरो योजना अनुसार रन बन्यो।”

उनले आफ्नो गुरुलाई सदा हौसला र साथका लागि आभार व्यक्त गरे। “मेरो गुरुले मलाई सधैं हौसला प्रदान गर्नुभयो। उहाँले सधैं मलाई आफुमा सम्भावना रहेको र मिहेनत गर्न प्रोत्साहन गर्नुहुन्छ।”

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.