9 years ago
June 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक सेमिफाइनलमा पश्चिमाञ्चललाई ४ विकेटले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको हो । आर्मीले उपाधिको लागि बिहिबार अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले सोमबार विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३४ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

पश्चिमाञ्चलले दिएको २ सय ३६ रनको लक्ष्य आर्मीले चार बल बाँकी रहँदा ६ विकेट गुमाएर पुरा गर्यो । आर्मीको जितमा राजेश पुलामीले ५५ रनको अविजित इनिङ्स खेले । म्यान अफ द म्याच घोषित राजेशले सौरभ खनालको ४८औं ओभरमा २ छक्का प्रहार गर्दै आर्मीको जित पक्का गरेका थिए।
यस्तै सागर पुनले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । ओपनर अनिल मण्डल ४८ रनमा आउट भए । राजु रिजाल २६ रन, विनोद भण्डारी १७ रन तथा सोमपाल कामी १० रनमा अविजित रहे । पश्चिमाञ्चलका धिरज शाहीले दुई विकेट लिए । विपिन खत्री, कृष्ण कार्की र रोहित कुमार पौडेलले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धा्रित ४९ ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । कमजोर सुरुवात गरेको पश्चिमाञ्चलको इनिङ्स मध्यक्रमका ब्याट्सम्यान सौरभ खनाल र कृष्ण कार्कीले सम्हालेका थिए । उनीहरुले आठौँ विकेटका लागि १ सय ४५ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । यो आठौँ विकेटको लागि घरेलु क्रिकेटकै सर्वाधिक ठुलो साझेदारी हो। ६६/७को स्थितिबाट पश्चिमाञ्चललाई उकासेका सौरभ र कृष्णले आर्मीका सबै बलरलाई आजित बनाएका थिए।
सौरभले ८६ बलमा दुई चौका र आठ छक्काको मद्दतमा ८२ रन बनाएका थिए । यस्तै कृष्ण कार्कीले ८९ बलमा दुई चौका र छ छक्काको मद्दतमा ७५ रन बनाएका थियो । नुरध्वज सेन २६ रन प्रकाश केसी १३ तथा विपिन खत्री १० रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
आर्मीका सोमपाल कामी, जितेन्द्र मुखिया, सागर पुन र साहव आलमले समान दुई–दुई विकेट लिए । सुसन भारीले एक विकेट लिए ।

December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]