9 years ago
June 7, 2017
काठमाडौँ – जेठको दोश्रो साताबाट सुरु भएको प्रथम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह चरणका १२ खेल र सेमिफाइनल अन्तर्गतका दुवै खेल सम्पन्न भइसकेको छ। एकदिवसीय भनिएपनि प्रतियोगिताभर पुरा ५० ओभर खेलेको बिरलै देखियो।

प्रतियोगितामा समूह ‘बी’ अन्तर्गतको लिग चरणको सुरुवाती ६ खेलमध्य कुनै टोलीले पनि पुरा ५० ओभर खेल खेलेनन्। सुरुवाती ६ खेलमा पहिलो ब्याटिङ गर्ने सबै टोली अलआउट भएका थिए। ६ खेलमा सम्भावित ३ सय ओभरमा कुल २ सय ११ ओभर ३ बलमात्र सम्भव भएको थियो। वर्षाले बिथोलिएको एक खेल बाहेक सबैमा दोश्रो ब्याटिङ गर्ने टोलीले जित दर्ता गरेको थियो। समूह चरणको चौथो खेलमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल बिचको खेल वर्षाले विथोलिएको थियो।
समूह ‘बी’को लिग चरणमा आर्मी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो भने पुलिस उपविजेता बन्दै अर्को चरणमा पुगेको थियो। यी दुई टोली भोली हुने फाइनल खेलमा आमनेसामने हुँदैछन्। यी दुई टोलीबिचको लिग चरणको खेलमा पुलिस २५ ओभर खेलाडी १ सय ९ रनमा अलआउट भएको थियो भने आर्मीले ३० ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो।
खेलपश्चात आर्मीका कप्तान बिनोद भण्डारीले खेलाडीहरुलाई एकदिवसीय फर्म्याटमा रिझ्न केहि समस्या रहेको स्वीकारे। “आजकल धेरै टि-२० प्रतियोगिताहरु खेलेको भएर खेलाडीहरुलाई ५० ओभर खेल्न केहि समस्या भइरहेको छ। केहि बल डट हुने बितिक्कै ब्याट्सम्यानहरु दबावमा आएर सट खेलिरहेका छन्।”
उनले टि-२०का कारण पेस बलरहरुमा ५० ओभरमा खेल्न समस्या रहेको बताए। “बलरहरुको लेन्थमा पनि केहि परिवर्तन भइरहेको छ। टि-२०मा ब्याक अफ लेन्थ फाल्ने बानी रहेको छ, तर ५० ओभरमा खेलाडीहरुलाई सट खेल्न लोभ्याउने किसिमको बलिङ गर्नुपर्ने हुन्छ। मैले हाम्रो बलरहरुलाई अगाडी खेलाउन भनिरहेको थिएँ। बरु केहि बाउन्ड्री खाएपनि सेट ब्याट्सम्यानको विकेट लिन सजिलो हुन्छ।”

आर्मीका कप्तान बिनोद भण्डारी
समूह ‘ए’को खेलमा भने खेलमा केहि सुधार देखियो। समूह ‘बी’का ६ खेलमा भने पहिलो ब्याटिङ गरेको टोलीले २ सय ५१ ओभर ५ बल खेले। पहिलो ६ खेलमा सुरुवाती ब्याटिङ गर्ने सबै टोली अलआउट भएका थिए भने पछिल्ला ६ खेलमा २ पटकमात्र अलआउट भए।
व्यक्तिगत प्रदर्शनमा पनि एकदिवसीयको छनक बिरलै भेटीए। प्रतियोगिताको १४ खेलमा जम्मा १ शतक बन्यो। मध्यमाञ्चलका हसिम अन्सारीले एपीएफविरुद्ध बनाएको १ सय १ रन प्रतियोगिताकै सर्वाधिक ठुलो व्यक्तिगत स्कोर हो।

एपीएफविरुद्ध शतक बनाएका हसिम अन्सारी
सौरभ खनालले पश्चिमाञ्चलका लागि तल्लो मध्यक्रममा ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो खेलमा एपिएफको विरुद्ध अविजित ९० रन बनाएका थिए भने दोश्रो खेलमा मध्यमाञ्चलसँग खेल्दा अविजित ७८ रन प्रहार गर्दै आफ्नो फर्मलाई जारी राखे। मध्यपश्चिमविरुद्ध ६३ रनको लक्ष्य पछ्याउने क्रममा आक्रमक २० रन जोडेका सौरभले सेमिफाइनलमा आर्मीविरुद्ध ८२ रनको उत्कृष्ट पारी खेले।
सौरभ २ सय ७० रन सहित सर्वाधिक रन जोड्ने ब्याट्सम्यानको सुचिमा शीर्षस्थानमा रहेका छन्। दोश्रो स्थानमा रहेका सन्दिप सुनारले १ सय ६७ रन जोडेका छन् भने तेश्रो स्थानमा रहेका दिलिप नाथको १ सय ३९ रन छ। व्यक्तिगत प्रदर्शन हेर्ने हो भने प्रतियोगिताको शीर्ष ५ स्कोरमा ३ स्कोर सौरभकै रहेको छ। शीर्षस्थानमा हसिम अन्सारीको १ सय १ र तेश्रो स्थानमा सन्दिप सुनारको ८७ रनको पारी रहेको छ।
प्रतियोगितामा खसेका १ सय ८१ विकेटमध्ये ९१ विकेट क्याचआउट भएका छन्। यसले ब्याट्सम्यानहरुले गलत सट प्रहार गरेर विकेट गुमाएको पनि सिद्ध हुन्छ। उदाहरणका लागि प्रतियोगिताको छैटौं खेलमा आर्मी र पुलिस भिड्दा ओपनर सुनिल धमला खेलको पहिलो बलमै स्लिपमा समातिए। सोमपाल कामीले फ्याँकेको त्यसै ओभरको अन्तिम बलमा अर्का ओपनर अमित श्रेष्ठ विकेटकिपरको हातबाट समातिए। अफ साइडमा आएको बललाई आक्रमण गर्न खोज्दा दुवै ब्याट्सम्यानले आफ्नो विकेट गुमाएका थिए।

एपीएफ विरुद्ध सौरभ खनाल अविजित ९० रन बनाउने क्रममा ब्याटिङ गर्दै
केहि खेलमा वर्षा बाधक बन्यो त केहि खेलमा ब्याट्सम्यानहरुको गैरजिम्मेवारी ब्याटिङले टोलीहरुले पुरा ओभर खेल्न सकेनन्। समूह चरणका १२ खेल मध्य ३ खेलमा मात्र दुई टोलीले कुल ७५ ओभरभन्दा माथि खेले। यसले लामो समयदेखि एकदिवसीय नहुनाले खेलाडीहरुमा लामो पारी खेल्ने बानी नपरेको पनि सिद्ध हुन्छ।
सेमिफाइनलका दुवै खेलमा टोलीहरु अलआउट भएनन् र खेल रोमान्चक भए। यसले बिहिबार हुने फाइनल खेल अघि दर्शकहरुले राम्रो खेलको अपेक्षा राख्न सक्छन। समूह चरणमा यी दुई टोली भिड्दा पुरा खेल ५५ ओभरमात्र सम्भव भएको थियो। तर, उपाधि भिडन्तअघि दुवै टोलीले आफ्नो ब्याटिङ लाइनअपको सफल परीक्षण गरेका छन्।
आशा गरौँ लामो समयपछि आयोजना भएको एकदिवसीय प्रतियोगिताको फाइनल खेल साँच्चै एकदिवसीय हुनेछ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]