9 years ago
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्त रुपमा विजेता बनेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार वर्षाले प्रभावित बनेको फाइनल खेल पुन सुचारु हुन नसक्दा दुवै टोली संयुक्त रुपमा विजेता बनेको हो ।

पुलिसले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको आर्मीले २.३ ओभरमा एक विकेट गुमाएर सात रन बनाएर खेल्दा पानी परेपछि खेल रोकिएको थियो । पानी रोकिएपनि डक वर्थ नियममा आर्मीले १७.३ ओभरमा नयाँ लक्ष्य पाउने थियो । तर, खेल सुचारु गर्न कप्तानहरुको समझदारी हुन नसकेपछि अम्पायरहरुले कुनै हालतमा खेल गर्न नसकिने जानकारी दिएसँगै दुवै टोली संयुक्त विजेता बनेका हुन्। आर्मीका महेश क्षेत्री चार रन बनाएर आउट हुदा अनिल मण्डल र सागर पुन क्रिजमा थिए । पुलिसका ललित सिह भण्डारीले विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४५.१ ओभरमा सबै विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ३२ रन बनाएका थिए । यस्तै सिद्धान्त लोहनीले २० तथा दिपेन्द्र सिंह ऐरीले १९ रन जोडेका थिए । कुशल भुर्तेल १५ तथा सुशिल कंडेल १२ रनमा पभेलियन फर्कदा अन्य ब्याट्सम्यानको ब्याट चल्न सकेन । पुलिसलाई सस्तैमा समेट्न जितेन्द्र मुखियाले चार तथा सुसन भारीले तीन विकेट लिएका थिए । यस्तै साग पुरनले दुई तथा सोमपाल कामीले एक विकेट हात पारे ।
आर्मीका कप्तान विनोद भण्डारीले पानी नपरेको भए टिम उपाधि जित्न सक्षम रहेको बताए । ‘हामीले लिग चरणमा पनि पुलिसलाई हराएका थियौं । फाइनलमा पनि टिमले त्यस्तै जुझारु प्रदर्शन गरेको थियो ।’ कप्तान भण्डारीले भने, ‘डिएल मा पनि हामी नै अघि थियौं । वर्षाबाधक नभएको भए हामी च्याम्पियन बन्न सक्ने थियौं ।’ यस्तै कप्तान भण्डारीले प्रतियोगिता हुनु राम्रो भएपनि प्रतियोगिताको समय तालिका उचित समयमा नभएको बताए । यता पुलिसका कप्तान मञ्जित श्रेष्ठले वर्षा बाधक बन्दा पुरै फाइनल खेल्न नपाउदा दुःख लागेको बताए ।
संयुक्त विजेता बनेपछि दुवै टोलीले समान १५–१५ लाख प्राप्त गरे । सेमिफाइनलमा पुग्ने दुई टोली पश्चिमाञ्चल र नेपाल एपिएफ क्लबले समान ५०–५० हजार प्राप्त गरे । आर्मीका सागर पुन म्यान अफ दि सिरिज घोषित भए । उनले एक लाख रुपैया प्राप्त गरे । पुनले पुरस्कार वितरण समारोहमै उनले प्राप्त गरेको पुरस्कारको २५ प्रतिशत वृद्धाश्रमलाई अनुदान दिने बताए ।
पश्चिमाञ्चलका सौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान तथा आर्मीका सुसन भारी उत्कृष्ट बलर घोषित भए । उनीहरुले समान ५०–५० हजार रुपैयाँ प्राप्त गरे । पश्चिमाञ्चलका बिपिन खत्रीले उदयमान खेलाडीको उओअधि जित्दै २५ हजार रुपैयाँ हात पारे। उपाधि विजेता र विधागत उत्कृष्ट खेलाडीहरुलाई उप-प्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायतले पुरस्कृत गरे ।
जेठ ९ गतेबाट लिग कम नकआउटको आधारमा शुरु भएको प्रतियोगितामा तीन विभागीयसहित आठ टिमले सहभागिता जनाएका थिए । यसै प्रतियोगिताबाट विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसंगको खेलको लागि खेलाडी छनोट हुनेछ । नेपाल र हङकङबीचको खेल आगामी अक्टोबरमा हुनेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]