default_image

9 years ago

June 8, 2017

सागरसँगै सौरभ र सुशनलाई व्यक्तिगत उपाधि

139 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – प्रथम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत ४ व्यक्तिगत उपाधिमध्य पश्चिमाञ्चल र आर्मीले २/२ उपाधि जितेका छन्। म्यान अफ द सिरिजलाई १ लाख रुपैयाँ पुरस्कार राखिएको थियो भने उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५० हजार रुपैयाँ जितेका थिए।

सुशन, सागर र सौरभ

प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि आर्मीका अलराउन्डर सागर पुनले जिते टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका सागरले ब्याट र बल दुवैबाट राम्रो प्रदर्शन गरेका थिए। सागरले ब्याटिङतर्फ ५ खेलमा १ सय २६ रन जोडे भने बलिङतर्फ १४ विकेट लिए। प्रतियोगिताको सर्वाधिक रन बटुल्नेखेलाडीको सुचीमा चौथो रहेका सागर बलिङमा भने दोश्रो स्थानमा रहे

यसैगरी आर्मीकै सुशन भारी प्रतियोगिताको उत्कृष्ट बलर घोषित भए। उनले फाइनलसम्मको यात्रामा आर्मीका लागि ५ खेलमा १४ विकेट लिएका थिए। ३१.२ ओभर बलिङ गरेका सुशनले ५ मेडन राख्दै ३.८९को इकोनोमीमा १ सय २२ रङ खर्चेका थिए। उनले ८.७१को औसतमा विकेट लिएका थिए। पुलिस विरुद्ध उनले गरेको ६/१६को प्रदर्शन प्रतियोगिताकै उत्कृष्ट बलिङ प्रदर्शन पनि हो।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पश्चिमाञ्चलका सौरभ खनाल भए। ४ खेलमा ब्याटिङ गरेका सौरभले १ सय ३५ रनको औसतमा २ सय ७० रन जोडेका थिए। उनले प्रतियोगितामा ३ अर्धशतक पनि बनाए। १ सय ३४.३२को स्ट्राइक रेटमा रङ जोडेका सौरभले १० चौका र २७ छक्का प्रहार गरेका थिए।

यसैगरी प्रतियोगिताको उदयमान खेलाडीको उपाधि पश्चिमाञ्चलका बिपिन खत्रीले पाए। ४ खेलमा ८ विकेट लिएका बिपिनले ३५ ओभर फ्याँकेका थिए। २.७४को इकोनोमीमा ९६ रङ खर्चेका उनले १२को औसतमा विकेट लिएका थिए। उनले नगद २५ हजार प्राप्त गरे।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.