default_image

7 years ago

June 10, 2017

स्पोन्सर यू १६ एकेडेमी कप क्रिकेटमा पोखरा र माछापुच्छ्रे विजयी

पोखरा (हाम्रो खेलकुद)– स्पोन्सर यू १६ एकेडेमी कप क्रिकेट टि ट्वान्टी प्रतियोगिताको पहिलो दिन माछापुच्छ्रे क्रिकेट क्लब र पोखरा क्रिकेट एकेडेमी विजयी भएका छन् । पोखराको एमसिसी क्रिकेट मैदान भएको खेलमा माछापुच्छ्रेले स्याङ्जा क्रिकेट एकेडेमी ‘ए’ लाई २ विकेट र पोखराले रक ११ लाई ४१ रनले हराएको थियो । ९९ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले १७.३ […]

36 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– स्पोन्सर यू १६ एकेडेमी कप क्रिकेट टि ट्वान्टी प्रतियोगिताको पहिलो दिन माछापुच्छ्रे क्रिकेट क्लब र पोखरा क्रिकेट एकेडेमी विजयी भएका छन् । पोखराको एमसिसी क्रिकेट मैदान भएको खेलमा माछापुच्छ्रेले स्याङ्जा क्रिकेट एकेडेमी ‘ए’ लाई २ विकेट र पोखराले रक ११ लाई ४१ रनले हराएको थियो ।

पोखरा क्रिकेट एकेडेमीका रोशन न्यौपाने ।

९९ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले १७.३ ओभरमा ८ विकेट गुमाएर जित हासिल गरेको थियो । टोलीका लागि सन्दीप छन्त्यालले ४६ बलमा सर्वाधिक ४४ रन बनाए । म्यान अफ दी म्याच बनेका सन्दीपले ४ छक्का र १ चौका प्रहार गरेका थिए । किरण पौडेलले १२ रन जोडे । स्याङ्जाका अमित सवेदीले ३ र सुगम गौतमले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको स्याङ्जाले ५ विकेटको क्षेतिमा ९८ रन बनाएको थियो । टोलीका विशाल विकेले ४३ बलमा ३ चौकाका साथ २२ रन र सुगमले १९ रन जोडे । माछापुच्छ्रेका कृष्ण र विक्रमले समान १ विकेट लिए ।

अर्को खेलमा नवीन कार्की र मेखबहादुर सेनको अलराउन्ड प्रदर्शनले पोखरा विजयी भएको थियो । १ सय ११ रनको लक्ष्य पछ्याएको रक ११ ले १६.५ ओभरमा ६९ रन मात्र बनाउन सक्यो । रक ११ का लागि शैलेश मगरले १६, कुशल भट्टराईले १० रन बटुले । पोखराका नवीन कार्कीले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए । मेखबहादुर सेनले ४ ओभरमा १ मेडन राख्दै १३ रन दिएर ३ विकेट झारे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले ९ विकेटको क्षेतिमा १ सय १० रन बनाएको थियो । मेखले २५ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । नवीनले १६ बलमा २ छक्का र त्यतिनै चौकामा २१ रन बटुले । नवीन खेलेको म्यान अफ दी म्याच चुनिए । रकका सुजन गौतमले २ र सुशान्त राईले १ विकेट लिए ।

खुकुरी इन्टनरटेन्ट एन्ड देवीबास इभेन्ट्स एन्ड मिडिया र माछापुच्छे« क्रिकेट क्लबको प्रतियोगितालाई स्पोर्टस ड्रिन्क स्पोन्सरले प्रायोजन गरेको छ । प्रतियोगिताको विजेता टोलीले ७५ हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्म्यान घोषित गरि पुरस्कृत गरिनेछ । प्रतियोगितामा एनआसी एसिया बैंक, पोखरा इन्टरनेट,मोमेन्टो कन्र्सन तथा एमएम स्पोर्टस गुड्स, टिपटप स्विट्स एन्ड बिवानको पनि सहयोग रहेको छ ।

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

Success

Thank you for your time.