8 years ago
June 10, 2017
भैरहवा (हाम्रो खेलकुद)– हिमालयन क्रिकेट एमेडेमीको आयोजनामा एक्सपर्ट क्रिकृट च्याम्पियनसिप लिग प्रतियोगिता आइतबार सुरु हुने भएके छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा हुन लागेको प्रतियोगितामा रुपन्देही, चितवन, कास्की, काठमाडौं ,कैलाली र कञ्चनपुर गरी ६ जिल्लाको टिम सहभागिता रहने आयोजक हिमालयन क्रिकेट एमेडेमीका प्रबन्ध निर्देशक तथा प्रतियोगिता निर्देशक सुभाष प्रधानले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

गत मंसिरमा देशका ६ स्थानमा क्षेत्रिय स्तरको प्रतियोगिता सम्पन्न भएको थियो । क्षेत्रबाट छनोट भएका टोलीबीचको प्रतियोगिता असार १ गते सम्म सञ्चालन हुनेछ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको प्रधानले बताए । 
प्रतियोगिताको समूह ‘ए’ मा रुपन्देहीको न्यू होराइजन उच्च मावि, चितवनको बालमिकी शिक्षा सदन र कैलालीको सिद्धार्थ सिसु सदन उच्च मावि छन् । त्यस्तै समूह ‘बी’ मा कास्कीको सत्यवती सेकेण्डरी स्कुल, काठमाडौंको राजन मेमोरीयल उच्च मावि, र कञ्चनपुरको अनिरुद्र उच्च मावि छन् ।
टि ट्वान्टी फर्मेटमा हुने समूह चरणको खेलपछि समूहको शीर्ष टोली फाइनल पुग्ने प्रतियोगिताका टेक्नीकल हेड तथा अन्तर्राष्ट्रिय अम्पायर सञ्जय गुरुङले जानकारी दिए । प्रतियोगिता स्थानिय सिद्धार्थ रंगशालामा हुने व्यवपस्थापनको जिम्मा पाएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय खेलाडी शक्ति गौचन, बसन्त रेग्मी, पूर्व मिस नेपाल सुगारिका केसी, प्रायोजक संस्थाका डाइरेक्टर रोशन कंडेल, क्रिकेट संघका पूर्व केन्द्रिय सयदस्य प्रेमकुमार सेन्चुरी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगानालगायतको उपस्थिति थियो ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]