default_image

7 years ago

June 11, 2017

नेपालमा ‘एसियन प्रिमियर लिग’को आयोजना हुने

काठमाडौँ (हाम्रो खेलकुद) – अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा यहि असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसियन प्रिमियर लिग हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको सहयोगमा हुने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। टोलीका नाम एवं कप्तानको नाम निम्नानुसार रहेका छन्: नेपाल स्टर्म – स्वप्निल पटेल इन्डियन स्टार्स – तिलकरत्ने दिल्सान श्रीलंकन लायन्स – फरभिज […]

39 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा यहि असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसियन प्रिमियर लिग हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषदको सहयोगमा हुने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। टोलीका नाम एवं कप्तानको नाम निम्नानुसार रहेका छन्:

नेपाल स्टर्म – स्वप्निल पटेल

इन्डियन स्टार्स – तिलकरत्ने दिल्सान

श्रीलंकन लायन्स – फरभिज महारुफ

बंगलादेश टाइगर्स – अल अमिन होसेन

दुबई वारियार्स – अब्दुल शकुर

अफगानिस्तान बुल्स – राना नाभिद अल हुसेन

प्रतियोगिताको उद्घाटन खेल असार ५ गते दिनको २ बजे हुनेछ।

प्रतियोगितामा दक्षिण एसियाका कुनै पनि देशका खेलाडीले भाग लिन पाउनेछन् भने अक्सनबाट टोलीको खेलाडीको निर्धारण गरिनेछ।

विस्तृत विवरण आज हुने एक कार्यक्रमपछि थाहा हुनेछ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.