default_image

8 years ago

June 20, 2017

राइजिङ स्टार र योर्स टेक्नोलोजीको विजयी सुरुवात

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मंगलबारबाट शुरु भएको एईसी कप इन्डोर क्रिकेट प्रतियोगितामा राइजिङ स्टार र योर्स टेक्नोलोजीले राजधानीमा सुरु विजय सुरुआत गरेका छन् ।

कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा मंगलबार भएको उद्घाटन खेलमा राइजिङ स्टारले आयोजक आरिगातो एजुकेसनल कन्सल्टेन्सीलाई ३८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिले ब्याटिङ गरेको राइजिङ स्टारले निर्धारित १८ ओभरमा १ सय ७३ रन बनायो । राइजिङका लागि प्रज्वल गिरीले अविजित ४३ रन जोडे । जवाफमा आरिगातोले निर्धारित १८ ओभरमा १ सय ३५ रन मात्र बनाउन सक्यो । आरिगातोका असुतोस शुक्लाले ३० रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । राइजिङका प्रज्वल गिरी म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा योर्स टेक्नोलोजीले दि ब्रोदर्सलाई १ सय २२ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो । पहिले ब्याटिङ गरेको योर्स टेक्नोलोजीले निर्धारित १८ ओभरमा १ सय ९५ रन बनाएको थियो । योर्स टेक्नोलोजीका लागि प्रकाश बिष्टले ४२ तथा विवेक खडायतले ४० रन जोडे । योर्स टेक्नोलोजीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको दि ब्रदर्सले निर्धारित १८ ओभरमा ७३ रनमात्र बनाउन सक्यो । योर्स टेक्नोलोजीका नरेश बुढायरले २ विकेट लिए ।

यस्तै अर्को खेलमा किरण वारियर्सले एपेक्सियन च्यालेंजर्सलाई १९ रनले पराजित ग¥यो । एपेक्सियनका स्पन्दन बलयरले २६ रन बनाए । कुशल पोखरेल र शितल न्यौपानेले समान ४–४ विकेट लिए । किरणका शितल न्यौपानेले २१ रन बनाए ।

अर्काे खेलमा काठमाडौँ स्टारले मामा भान्जा क्लबलाई ८४ रनले हरायो । मामा भान्जाका अम्वेश चौधरीले १९ रन बनाउदा काठमाडौं स्टारका सम्यम दवाडीले दुई विकेट लिए । जवाफी लक्ष्य पछ्याएको काठमाडौं स्टारले सम्यम दवाडीले ३४ रन बनाए ।

आरिगातो एजुकेसनल कन्सल्टेन्सी तथा पाण्डा इभेन्ट्सको संयुक्त आयोजनामा जारी प्रतियोगिता १८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद रु ५० हजारका प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले नगद ५ हजार प्राप्त गर्नेछन् ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.