8 years ago
June 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्स र नेप्लो मार्ट राजधानीमा जारी एइसी इन्डोर क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

कोटेश्वरस्थित अल्टिमेट इन्डार क्रिकेटको खेल मैदानमा बिहिबार भएको खेलमा चितवन टाइगर्सले ट्रिटन कलेजमाथि ४४ रनको जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यस्तै नेप्लो मार्टले किरण वारियर्समाथि ३४ रनको जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । कोस्तुप कलेज र राइजिङ नेपालले पनि अन्तिम चारमा स्थान बनायो ।
१ सय ४५ रनको लक्ष्य पछ्याएको ट्रिटनले निर्धारित १८ ओभरमा ९८ रनमात्र बनाउन सक्यो । ट्रिटनका सोमेश यादवले २२ तथा अमित श्रेष्ठले २१ रन बनाए । चितवन टाइगर्सका आवाज घिमिरेले चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चितवनले कृष्ण नेघीको ३७ तथा आवाज घिमिरेको ३१ रनको मद्दतमा १ सय ४४ रन बनाएको थियो ।
अर्काे क्वार्टफाइनलमा नेप्लोमार्टले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको किरण वारियर्सले १ सय ३१ रनमात्र बनाउन सक्यो । उसका लागि सौरभ सुवेदी र किरण उप्रेतीले समान २८–२८ रन बनाएपनि टिमलाई जिताउन सकेन । नेप्लोमार्टका नवीन यादवले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेप्लोमार्टका लागि जीवन खानले २७ तथा नवीन यादवले २५ रन जोडेका थिए ।
अर्काे खेलमा कौस्तुप कलेजले योर्स टेक्नोलोजीमाथि १ सय ६४ रनको शानदार जित निकाल्यो । १ सय ५१ रनको लक्ष्य पछ्याएको योर्स टेक्नोलोजीले निर्धारित १८ ओभरमा थप १४ रन गुमाएको थियो । उसका लागि प्रकाश विष्टले १८ रन बनाएको थियो । कौस्तुपका दिपेन्द्र मैनालीले चार तथा रुपेश श्रीवास्तवले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कौस्तुप कलेजले प्रकाश विष्टको ३६ तथा दिपेन्द्र मैनालीको ३१ रनको मद्दतमा १ सय ५० रन बनाएको थियो । अर्काे खेलमा राइजिङ नेपालले काठमाडौं स्टारमाथि ७४ रनको जित निकाल्यो । १ सय ७० रनको लक्ष्य पछ्याएको काठमाडौं स्टारले ९५ रनमात्र बनाउन सक्यो । सम्यम दवाडीले १६ रन जोड्दा राइजिङका प्रतिक कान्तले विकेट लिए । पहिले ब्याटिङ गरेको राइजिङले निर्धारित १८ ओभरमा सौरभ पेलाको ४५ तथा प्रनित गिरीको २७ रनको मद्दतमा १ सुय ६९ रन बनाएको थियो ।
सेमिफाइनल र फाइनलका खेलहरु शुक्रबार हुने आयोजकले जानकारी गराएको छ । सेमिफाइनलको पहिलो खेलमा नेप्लोमार्टले चितवन टाइगर्स तथा दोस्रो सेमिफाइनलमा कौस्तुप कलेजले राइजिङ नेपालको सामना गर्नेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]