default_image

7 years ago

June 23, 2017

ज्ञानेन्द्रको पहिलो कमाई १६ सय : खेलाडीसँग १२-२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटका समर्थकका लागि नयाँ नाम होइन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित उपकप्तान तथा आवश्यक पर्दा कप्तानी समेत गर्दै आएका ज्ञानेन्द्र टोलीका भरपर्दा ब्याट्सम्यान हुन्। २६ बर्षे ज्ञानेन्द्रले नेपालका सबै खाले उमेर समूहको टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन्। घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रले आफ्नै लगानीमा […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटका समर्थकका लागि नयाँ नाम होइन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित उपकप्तान तथा आवश्यक पर्दा कप्तानी समेत गर्दै आएका ज्ञानेन्द्र टोलीका भरपर्दा ब्याट्सम्यान हुन्। २६ बर्षे ज्ञानेन्द्रले नेपालका सबै खाले उमेर समूहको टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन्।

घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रले आफ्नै लगानीमा साथीहरुसँग मिलेर काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर (केसीटिसी) खोलेका छन्। आफ्नो खेलजीवन पछि क्रिकेट खेलाडी उत्पादन नै मुख्य लक्ष्य बनाएका कारण उनले केसीटिसी स्थापना गरेका हुन्। व्यवस्थापनमा पनि रुची देखाएका ज्ञानेन्द्रको केसीटिसीले नै हालै सम्पन्न प्रधानमन्त्री कपको व्यवस्थापन गरेको थियो। हरेक बर्ष हुने प्रतिष्ठित रुस्लान टि२० क्रिकेट प्रतियोगिताको मुख्य आयोजक पनि ज्ञानेन्द्रको केसीटिसी नै हो।

क्रिकेटमा मैदान भित्रका ज्ञानेन्द्रलाई समर्थकहरुले विगत एक दशकयता पछ्याउँदै आएका छन्। उनी ज्ञानेन्द्रसँग हाम्रो खेलकुदका दिपेश तिमलसिनाले मैदान बाहिरबाट नजिकबाट जान्ने जमर्को गरेका छन्:

१. कहिलेबाट खेल्न सुरु गर्नु भयो?
– म दश बर्षको हुँदा।

२. पहिलोपटक मेडल जित्दा कस्तो महसुस भयो?
– टोलमै भएको जेबी कप जितेको थियौ। उक्त प्रतियोगितापछि दाईहरुले मलाई निरन्तर टोलीमा राख्नुभयो। राम्रो खेलिस भन्नुहुन्थ्यो। निकै खुशी भएको थिए।

३. क्रिकेटमा कसरी लाग्नु भयो?
– म सानो हुँदा हामी टोलमा छोईडुम, लुकामारी खेल्थ्यौं। फूटबल पनि धेरै खेल्थ्यौं। क्रिकेट भनेर एकपटक खेलेपछि त्यो खेल बारेमा अझ बुझ्न मन लग्यो र खेल्दा खेल्दा खेल प्रति मोह जागेर आयो।

४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य?
– जिओनी। टेली टकको संजय अग्रवालले गिफ्ट दिनु भएको।

५. कुन बाइक चढ्नु हुन्छ र मूल्य?
– रेनेगेड युएम। मैले ब्राण्ड एम्बासेडर हुदा मलाई कम्पनीले दिएको हो। बजार मूल्य ३ लाखको हाराहारीमा छ।

६. बार्षिक कति कमाउनु हुन्छ?
– तलबबाट बार्षिक ४-५लाख हुन्छ।

७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला?
– मलाई सानो हुँदा देखिनै आर्मी बन्न मन थियो। सायद आर्मीनै हुन्थे कि!

८. शैक्षिक योग्यता कति छ?
– +२ ड्रप आउट।

९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पल्ट हेरेको फिल्म?
– कमेडी र ह्युमरस खाले। पछिल्लो पटक हेरेको बाहुबली।

१०. सबै भन्दा मन पर्ने नायक र नायिका?
– त्यस्तो ठ्याक्क यहि मनपर्छ भन्ने छैन। हेरुन्जेल ईन्जोय गर्छु।

११. सबैभन्दा मन पर्ने गायक र गायिका?
– गीतहरु सुन्छु तर ठ्याक्क यहि मनपर्छ भन्ने छैन।

१२. सबैभन्दा धेरै पल्ट सुनेको गीत?
– म धेरै खाले गीत सुन्छु। लोक गीत, आधुनिक गीत सुन्छु। एउटै गीत सुनेको सुन्यै गर्ने भन्ने चाँही छैन।

१३. सिंगल हुनुहुन्छ?
– विवाहित।

१४. किताब कतिको पढ्नु हुन्छ? पछिल्लो पल्ट पढेको किताब?
– म बुक पढ्दापनि ह्युमरमा कमेडी प्रयोग गरेको पढ्छु। पछिल्लो पटक सुनेको किताब समर लभ

१५. अहिलेसम्म कति देश घुम्नु भयो? सबैभन्दा मन परेको देश?
– २२/२३ देश पुगेको छु। मनपरेको देश चाँही नेदरल्याण्ड र न्यु जर्सी।

१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ?
– काठमाडौँ र पोखरा।

१७. सबैभन्दा मनपर्ने खानेकुरा?
– नेवारी खाजा सेट र नेपाली खाना नै मनपर्छ।

१८. खाना बनाउनु हुन्छ? आफैंले पकाएको सबैभन्दा मिठो के लाग्छ?
– बनाउँछु। मैले पकाएको मासु र तरकारी मनपर्छ।

१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताब कतिको आउछ?
– चलाइ रहेको हुन्छु तर नचिनेको मान्छेसँग खासै घुममिल हुदिन। म धेरै नखुल्ने र प्रस्ताबबाट टाढा रहने स्वभाबको छु।

२०. पहिलो कमाई के गर्नु भयो?
– एसएलसीको परिक्षापछि मैले भिनाजुको साथीको क्याप पसलमा काम गरेर  १६ सय रुपैयाँ पाएको थिए। त्यो पैसामा आधा घरमा दिएँ र बाँकी पैसा साथीहरु सँग रमाइलो गरे।

२१. खेल जीवनमा सबैभन्दा खुशी भएको क्षण?
– टि-२० विश्वकपमा छनोट हुँदा। त्यसपछि बंगलादेशमा विश्वकप खेल्दा मैदानमा उत्रिदा नेपालको राष्ट्रिय गान बज्दा गौरवान्वित महसुस भएको थियो। त्यो नै मेरो जीवनको अविस्मरणीय क्षण हो।

२२. फुर्सदको समयमा के गर्नु हुन्छ?
– साथीहरुसँग घुम्छु। घरमै बसेर रमाइलो गर्छु।

२३. आफुले चाहेर पनि गर्न नसकेको काम?
– पढाईलाई अगाडी बढाउन सकिन।

२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथि?
– मेरो लागि मेरो टोलीको सबै खेलाडी उस्तै हुन्।

२५. सबैभन्दा मनपर्ने विदेशी टोली र खेलाडी?
– दक्षिण अफ्रीका। ए बि डीभिलियर्स र विराट कोहली।

२६. नेपाली खेलकुदको स्तर के गरेर बढ्ला?
– जुनियर स्तरबाट नै खेलाडी उत्पादन गर्न सक्नुपर्छ। अहिले राष्ट्रिय टोलीमा रहेका २०/२५ जनालाई मात्र हेरेर खेलकुदको विकास हुन्छ भनेर सोच्नु गलत हुन्छ। हरेक स्तरका खेलाडीहरुले सुबिधा पाउनुपर्छ। कम्तिमा पनि घर व्यवहार सम्हाल्न सक्यो भने राम्रो हुन्छ।

२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ?
– क्रिकेटलाई अहिलेसम्म निकै माया र सहयोग गरिदिनु भएको छ। यसको लागि धन्यवाद भन्न चाहन्छु। अब क्रिकेटलाई संस्कृतिको रुपमा विकास गर्ने बेला आएको छ। अहिलेसम्म हामीलाई निकै माया दिनु भएको छ अब संस्कृतिको रुपमा नै अगाडी लैजानुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि खेलाडीहरुलाई सम्मान गरिदिनु होला।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.