default_image

7 years ago

June 23, 2017

नेपाल स्टोर्मको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्लब प्रिमियर लिग (एसीपीएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्ट्रोमले श्रीलंकन लायन्समाथि एक विकेटको जित हात पार्यो । लायन्सले टस जितेर पहिले ब्याटिङ गदै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनायो । लायन्सका […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्लब प्रिमियर लिग (एसीपीएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्ट्रोमले श्रीलंकन लायन्समाथि एक विकेटको जित हात पार्यो ।

लायन्सले टस जितेर पहिले ब्याटिङ गदै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनायो । लायन्सका लागि उत्सव चन्द्रले अविजित रहँदै सर्वाधिक ४० रन बनाए । उनले ३० बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै निखिल नमदेवले २६ तथा करण वालियाले १९ रन बनाए । नेपाल स्ट्रोमका आशिष विष्ट, कप्तान हसिब हमजाद र गौरव बारबाडेले दुई/दुई विकेट लिए ।

श्रीलंकन लायन्सले दिएको एक सय ४९ रनको लक्ष्य नेपाल स्ट्रोमले अन्तिम ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो । स्ट्रोमको जितमा दिशान्त यादवले अर्धशतकीय पाली खेले । सुरुदेखि नै आक्रमक ब्याटिङ गरेका यादवले ४२ बलमा ५० रन बनाए । यस्तै जितेन्दर शर्माले आक्रामक पारी खेल्दै अविजित ३३ रनको महत्वपूर्ण योगदान दिए । उनले १३ बलमा ३३ रनको महत्वपूर्ण पारी खेले । श्रीलंकन लायन्सका लागि निशासन सामाराकोड्डीले दुई विकेट लिए । यस्तै बैभव अरोरा र उत्सव चन्द्रले समान एक एक विकेट लिए ।

६ टोली सहभागी प्रतियोगितामा नेपाल स्टोमले आफूले खेलेका दुवै खेलमा जित हात पार्दै चार अंकका साथ शीर्ष स्थानमा छ । एक खेल खेलेको दुवई वारियर्स दुई अंकका साथ दोस्रो र अफगानिस्तान बुल्स तेस्रो स्थानमा छ । यसैगरी तीन खेल खेलेको श्रीलंकन लायन्सले दुई खेलमा हार र एक खेलमा जित हात पार्दै दुई अंक जोडेको छ । लिगमा दुई खेलमा एक खेल जितेको बंगलादेश टाइगर्स पाँचौं र आफूले खेलेका दुवै खेलमा हार बेहोरेको इन्डियन स्टार्स अन्तिम स्थानमा छ । शनिबार बंगलादेश टाइगर्स र दुवई वारियर्सवीच खेल हुनेछ।

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.