8 years ago
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कौस्तुभ कलेज एइसी सुपर कप इन्डोर क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेट खेल मैदानमा शुक्रबार भएको फाइनलमा कौस्तुभ कलेजले चितवन टाइगर्सलाई १ सय रनले पराजित गर्दै च्याम्पियन बनेको हो।

चितवन टाइगर्सले दिएको ६८ रनको लक्ष्य पछ्याएको कौस्तुभ कलेजले निर्धारित १८ ओभरमा १ सय ६७ रन बनाएपछि कौस्तुपले ६७ रनको फराकिलो जित निकालेको हो । कौस्तुभका दिपेन्द्र मैनालीले ३७ रन बनाए । यस्तै प्रदिप टन्डनले ३५ तथा धिरज अधिकारीले ३४ रन बनाए । चितवन टाइगर्सका आवाज घिमिरेले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चितवनले विपिन कार्कीको २२ तथा उत्तम कठायतको १८ रनको मद्दतमा ६७ रन बनाएको थियो । चितवन टाइगर्सलाई सस्तैमा रोक्न कौस्तुपका दिपेन्द्र मैनाली र रुपेश श्रीवास्तवले समान तीन–तीन विकेट लिए । चितवनले नेप्लोमार्टलाई तथा कौस्तुभले राइजिङ नेपाललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
विजयी बनेको कौस्तुभ कलेजले ५० हजार प्राप्त गर्यो । म्यान अफ दि सिरिज बनेका कौस्तुका दिपेन्द्र मैनालीले नगद ५ हजार प्राप्त गरे ।
आरिगातो एजुकेसनल कन्सल्टेन्सी तथा पाण्डा इभेन्ट्सको संयुक्त आयोजनामा गत मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]