8 years ago
June 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरणको तयारीका लागि भारतको नोयडा पुगेको नेपाली टोली हाल प्रशिक्षणमा व्यस्त छ। टोलीले शनिबार भ्रमण अन्तर्गतको पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।

१८ खेलाडी र ४ अफिसियल सहितको टोली १ साताअघि भारततर्फ लागेको थियो। बिनोद दसको प्रशिक्षणमा रहेको टोलीमा कलाम अलि सहायक प्रशिक्षक रहेका छन्।
४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोबिन लिगमा खेलिने उक्त प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सन् २०१८को जनवरीमा न्युजिल्याण्डमा हुने विश्वकपको लागि छनोट हुनेछ।
टोलीका व्यवस्थापक एवं विश्लेषक रमण शिवाकोटीले खिचेका प्रशिक्षणका केहि तस्बिर हरु:

१८ सदस्यीय खेलाडी:
१. सन्दिप लामिछाने
२. अनिल कुमार साह
३. किशोर महतो
४. सुशान्त सिंह थापा
५. विक्रम कुमार भुसाल
६. प्रकाश केसी
७. पवन शर्राफ
८. सन्दिप जोरा
९. रिजन ढकाल
१०. प्रनित थापा मगर
११. साहब आलम
१२. रसिद खान
१३. आशिफ शेख
१४. सन्दिप सुनार
१५. ललित नारायण राजबंशी
१६. रोहित कुमार पौडेल
१७. आदील खान
१८. दिपेन्द्र सिंह ऐरी
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]