8 years ago
September 10, 2017
पोखरा (हाम्रो खेलकुद) – पर्वत टाइटन्स र केकेएफ स्याङ्जा च्यालेन्जर्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् ।

एमसीसी क्रिकेट मैदान नदीपुरमा आइतबार भएको खेलमा पर्वत टाइटन्सले इन्र्फम्याटिक कलेजलाई ५२ रनले तथा स्याङ्जा च्यालेन्जर्सले भिएम वारियर्सलाई ८ विकेटले पराजित गरेको हो । पर्वतले दिएको ११२ रनको लक्ष्य पछ्याएको इन्र्फम्याटिक कलेज १४.२ ओभरमा ५९ रनमा समेटियो । इन्र्फम्याटिक कलेजका मिलन थापाले २१ तथा प्रविन ढकाले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन ।
इन्र्फम्याटिक कलेजलाई सस्तैमा समेट्न सन्तवान पौडेल र सुरज श्रेष्ठले समान ३–३ विकेट लिए । एगेन्द्र छन्त्यालले २ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पर्वतले ९ विकेट गुमाएर १११ रन बनाएको थियो । पर्वतका लागि शहिल कार्कीले २६, अभिषेक थापाले २० तथा एगेन्द्र छन्त्यालले १३ रनको योगदान दिए । इन्र्फम्याटिक कलेजका सन्तोष कुमार श्रेष्ठले ३ विकेट लिए । पर्वतका एगेन्द्र छन्त्याल प्लेयर अफ दि म्याच घोषित भए । जितसँगै पर्वत ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पर्वतले चार खेल खेल्दा समान दुई जित र दुई हार बेहोरेको छ ।
यस्तै आइतबारै भएको अर्काे खेलमा केकेएफ स्याङ्जा च्यालेन्जर्सले भिएम वारियर्समाथि ८ विकेटको शानदार जित निकाल्यो । भिएम वारियर्सले दिएको १०८ रनको लक्ष्य स्याङ्जाले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । स्याङ्जाका विश्व थापाले नटआउट ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै असिम श्रेष्ठले २८ रनको योगदान दिए । भिएम वारियर्सको सन्जय पन्त र पासाङ पुनले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भिएम वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनाएको थियो । भिएमका लागि दीपक कुँवरले ४३ तथा किशोर छन्त्यालले २० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । स्याङ्जाका असिम श्रेष्ठले ३ विकेट लिए ।
स्याङ्जाकै विश्व थापा प्लेयर अफ दि म्याच घोषित भए । जितसँगै स्याङ्जा ६ अंक जोडेर रनरेटमा पछि पर्दै चौथो स्थानमा छ । एक खेल कम खेलेको माछापुच्छ्रे ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगिता अन्र्तगत सोमबार माछापुच्छ्रे र डाउनटाउन पोखरा तथा पर्वत टाइटन्स र भिएम वारियर्सबीच खेल हुनेछ । माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा जारी लिगमा ६ टोलिको सहभागिता रहेको छ । विजेताले ३ लाख पुरस्कार पाउने छन् । उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १०–१० हजार प्राप्त गर्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]