8 years ago
November 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता सेन्चुरी बैंक र आइसिएफसी फाइनान्सले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार दोहोरो जित हासिल गरेको छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सेन्चुरी बैंकले सेन्चुरी बैंकले आफ्नो पहिलो खेलमा पहिलो खेलमा माछापुच्छ्रे बैंकलाई ५ विकेटले तथा दोस्रो खेलमा अन्नपूर्ण मिडिया नेटवर्कलाई ६५ रनले हराएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको माछापुच्छ्रे बैंकले निर्धारित ५ ओभरमा १ विकेटको क्षतिमा ५१ रन बनायो । जवाफमा सेन्चुरीले १ विकेटको क्षतिमा ५२ रनको लक्ष्य पुरा ग¥यो । अर्को खेलमा अन्नपुर्ण मिडिया नेटवर्कलाई सेन्चुरी बैंकले ६५ रनले पराजित गरेको हो । सेन्चुरी बैंकले टस जितेर ब्याटिङ गर्दै विना विकेट १ सय १० रन बनायो ।
सेन्चुरी बैंकका लागि सुरज तिमल्सिनाले ३२ र दिवेश डंगोलले ३१ रन बनाए । जवाफमा अन्नपूर्णले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ४५ रन मात्र बनाउन सक्यो । दोहोरो जित निकालेको सेन्चुरी बैंक ४ अंकसहित समूह ‘डी’ को शीर्ष स्थानमा छ । सेन्चुरी प्रि क्वार्टरफाइनलमा पुगेको छ ।
आइसिएफसी फाइनान्सले पनि दोहोरो जित दर्ता गरेको छ । पहिलो खेलमा आईएमई ग्रुपलाई ६१ रन र अर्को खेलमा नेपाल टेलिकमलाई २३ रनले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गर्दै आइसिएफसी निर्धारित ५ ओभरमा ८९ रन बनायो । आईएमईले सबै विकेट गुमाएर २८ रन मात्र बनाउन सक्यो ।
आइसिएफसी फाइनान्स ४ अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा छ । दोहोरो जितसँगै आइसिएफसी अघिल्लो चरणमा पुगेको छ । आज अन्य खेलमा नबिल बैंक, कैलाश विकास बैंक र सुनवी डिजाइन स्टुडियोले पनि सफलता हात पारे । प्रतियोगितामा बुधबार समूह चरणका ९ खेल हुने बताइएको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]