8 years ago
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज बंगलादेशको सामना गर्दै मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ ।
बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको थियो । तीन अभ्यास खेलमध्ये सुरुआती २ खेल हारेको नेपालले अन्तिम खेल भने जितेको थियो । अन्तिम खेल ६ विकेटले जित्नुअघि नेपाल ३ विकेट र १ सय २३ रनले पराजित भएको थियो ।
त्यो भ्रमणले नेपाली टोलीको मनोबल उच्च रहेको मलेसिया जानुअघि टोलीका मुख्य प्रशिक्षक विनोद दासले बताएका थिए । उनले आज हुने खेलमा पनि योजना अनुसार कार्यान्वयन गर्न सके बंगलादेश सामू चुनौति पेश गर्न सक्ने बताएका छन् ।
‘पहिलो खेल महत्वपूर्ण हुन्छ । सुरुआत राम्रो दिलाउन पनि पहिलो खेल जित्नु पर्ने हुन्छ ’ उनले भने, ‘अन्तिम खेल जितेकोले यहाँको खेलमा त्यसको प्रभाव हुन सक्दछ । त्यसैले योजना अनुसार खेल्दा चुनौति दिन सकिन्छ ।’
प्रशिक्षक दासले मलेसियाको मौसमको भर गर्न नसकिने बताए । ‘यहाँको मौसम अनुमान गर्न सकिन्न । हाम्रो खेलाडीलाई पनि त्यो जानकार छन् ’ उनले थपे, ‘ तर खेल सजिलो भने पक्कै हुने छैन ।’ दासले टोलीको ब्याटिङमा सुधार भइरहेको सुनाए । उनले थपे, ‘हामी सहि बाटोमा छौं । आशा गरौं त्यहि उच्च प्रदर्शनलाई निरन्तरता दिने आशा राखौं । ’
पहिलो दिन हिजो भारत, अफगानिस्तान र श्रीलंका विजयी भएका छन् । नेपाल रहेको समूह एमा भारतले आयोजक मलेसियालाई २ सय २ रनको फराकिलो अन्तरले हरायो । अर्को समूहमा अफगानिस्तानले पाकिस्तानलाई र श्रलिंकाले संयुक्त अरब इमिरेट्स (युएई) लाई समान ७ विकेटले हराएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]