काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा पहिलो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर बंगलादेशले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो ।
वर्षाका कारण ढिलो सुरु भएको खेल ४३ ओभरमा खेलाइने छ । बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको थियो । तीन अभ्यास खेलमध्ये सुरुआती २ खेल हारेको नेपालले अन्तिम खेल भने जितेको थियो । अन्तिम खेल ६ विकेटले जित्नुअघि नेपाल ३ विकेट र १ सय २३ रनले पराजित भएको थियो ।
नेपालकालागि आसिफ शेख र जितेन्द्र सिंहले ओपनिङ्ग गर्दैछन ।