default_image

6 years ago

November 11, 2017

नेपालद्वारा एक सय ८१ रनको लक्ष्य, बंगलादेश बलियो स्थितिमा

काठमाडौं (हाम्रो खेलकुद) – यु-१९ युथ एसिया कप अन्तर्गत आज मलेसियाको किन्रारा ओभल मैदानमा नेपाल यु-१९ र बंगलादेश यु-१९ भिड्दै छन् । नेपालले आफ्नो पारीमा ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको हो । […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यु-१९ युथ एसिया कप अन्तर्गत आज मलेसियाको किन्रारा ओभल मैदानमा नेपाल यु-१९ र बंगलादेश यु-१९ भिड्दै छन् । नेपालले आफ्नो पारीमा ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।


पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको हो । २६ ओभर खेल्दै केवल २ विकेटको क्षतिमा बंगलादेशले एक सय २ रन बनाइसकेको छ ।

नेपालका लागि भिम सार्कीले ४० बलमा सर्वाधिक ४४ रन जोड्न सफल भए । रोहित कुमार पौडेलले ४० रन बनाए भने ओपनर आसिफ सेखले ५२ बलमा ३० रन बटुलेका थिए । त्यस्तै मिडल अर्डरमा कप्तान दिपेन्द्र ऐरी (१२) र अनिल कुमार शाह (१९) भने सस्तैमा पभेलियन फर्किएका थिए ।

बंगलादेशका नयिम हसनले सर्वाधिक ३ विकेट लिएका थिए । अहिले बंगलादेशका ओपनर नायिम हसन अवजित ४२ रनमा खेलिरहेका छन् । नेपालका लागि कमल ऐरी र सन्दिप लामिछानेले १-१ विकेट लिएका छन् ।

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

Success

Thank you for your time.