default_image

8 years ago

November 11, 2017

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी यु-१९ युथ एसिया कप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ । पानीले प्रभावित भएको खेलमा बंगलादेशले ३९.५ ओभरमा डकवर्थ-लुइस प्रणाली (डिएलएस) मार्फत २ विकेटको जित हात पारेको हो ।

बंगलादेशको पारी सम्हाल्दै ओपनर मोहम्मद नइम शेखले ८२ बलमा सर्वाधिक ५२ रन बनाएका थिए । त्यस्तै अफिफ होसेन ध्रुबो (३३) र पिनाक घोस (२५) ले पनि राम्रो ब्याटिङ प्रदर्शन गरेका थिए ।

बलिङमा खराब सुरुवात गरेको नेपालले अन्तिमतिर भने लय समातेको थियो । तर अन्तिममा केहि खराब फिल्डिङका कारण खेल बंगलादेशको पक्षमा रहन पुग्यो । बलिङतर्फ नेपालका लागि कमल ऐरी र सन्दिप लामिछानेले २-२ विकेट लिएका थिए ।

यस अघि नेपालले आफ्नो पारीमा ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । तर पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको थियो ।

नेपालका लागि भिम सार्कीले ४० बलमा सर्वाधिक ४४ रन जोड्न सफल भए । रोहित कुमार पौडेलले ४० रन बनाए भने ओपनर आसिफ सेखले ५२ बलमा ३० रन बटुलेका थिए ।

त्यस्तै मिडल अर्डरमा कप्तान दिपेन्द्र ऐरी (१२) र अनिल कुमार शाह (१९) भने सस्तैमा पभेलियन फर्किएका थिए । बंगलादेशका नयिम हसनले सर्वाधिक ३ विकेट लिएका थिए ।

नेपालले आफ्नो दोस्रो खेल भोली आइतबार भारतसँग खेल्ने छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.