8 years ago
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सिभिल बैंक चौथो संस्करणको सेञ्चुरी बैंक कर्पाेरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सिभिल बैंकले आइसीएफसी फाइनान्समाथि ३ रनको रोमाञ्चक जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।
८१ रनको लक्ष्य पछ्याएको आइसीएफसीले निर्धारित ५ ओभरमा ६ विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो । आइसीएफसीका लागि सागर निधि तिवारीले २५, अरविन रानाले २१ तथा समिर थापाले १५ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । सिभिल बैंकका निशेष केसी र भोला विष्टले समान २–२ विकेट लिए । यस्तै राजन खड्कीले एक विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिभिल बैंकले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ८० रन बनाएको थियो । सिभिलका लागि भोला विष्टले २३ रन बनाए भने मनिष सिंह १९ तथा निशेष केसी १४ रनमा अविजित रहे । आइसीएफसीका रिमेश रेग्मीले एक विकेट हात पारेका थिए ।
सिभिल बैंकले सेञ्चुरी बैंकलाई तथा आइसीएफसीले एन आइसी एसिया बैंकलाई पराजित गर्दै फाइनमा स्थान पक्का गरेका थिए । सेञ्चुरी बैंकका सुरज तिमल्सिना म्यान अफ दि सिरिज घोषित भए ।
आइसीएफसीका अरविन राना बेष्ट ब्याट्सम्यान, सिभिल बैंकका भोला विष्ट बेष्ट बलर, सेञ्चुरीका सुवास शर्मा बेष्ट विकेट किपर, सेञ्चुरीकै केशर रावल बेष्ट फिल्डर र सेञ्चुरी बैंककै सुरज तिमल्सिना प्रतियोगिता सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी घोषित भए ।
कात्तिक २१ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न २४ कर्पाेरेट हाउसहरुले सहभागिता जनाएका थिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]