default_image

8 years ago

November 11, 2017

बहुप्रतिक्षित मुलपानीमा भएको प्रदर्शनी खेलमा सदस्य सचिव ११ विजयी

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दशक भन्दा लामो समयपछि काठमाडौंको मुलपानीको माथिल्लो क्रिकेट मैदान खेल्न हुने भएको छ , जहाँ आज प्रदर्शन खेल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बहुप्रतिक्षित मुलपानी क्रिकेट मैदानको उद्घाटन गरे ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद


प्रदर्शनी खेलमा सदस्य सचिव ११ र भेट्रान ११ बीचको प्रदर्शनी खेल भएको थियो । खेल सदस्य सचिव ११ ले ८७ रनले जित्यो । खेलका म्यान अफ द म्याच रहेका राजु बस्न्यातले ५ विकेट लिएपछि १ सय ९७ रनको लक्ष्य पछ्याएको भेट्रान १ सय ९ रन अलआउट भएको थियो । सर्वाधिक ५२ रन जोडेका मन्जित श्रेष्ठ र राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल ३३ रन बनाउनु बाहेक अन्य खेलाडीको ब्याट खासै चलेन ।

त्यसअघि ब्याटिङ गरेको सदस्य सचिव ११ का लागि ओपनर सुनिल धमलाले ४२ रन बनाए । बिनोद भण्डारीले १८ बलमा ३९ रन जोडे । अर्का ओपनर दीपेन्द्र चौधरीले ३० रन बनाए । भेट्रानका पवनले ३ ,परेश लोहनी र सन्दिप श्रेष्ठले समान २ विकेट लिए ।

mulpani

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.