8 years ago
November 11, 2017
पोखरा (हाम्रो खेलकुद)– योङ्ग स्टार युथ क्लबले प्रथम पोखरा लेखनाथ खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक सहकर्मी राइजिङ्ग पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै योङ्ग स्टारले उपाधि जितेको हो ।
उपाधिसहित योङ्ग स्टारले १ लाख २३ हजार ४ सय ५६ रुपैंया प्राप्त गरे । राइजिङ्ग पोखराले ५४ हजार ३ सय २१ रुपैयाँ पायो । टस हारेर ब्याटिङको मौका पाएको राइजिङ्ग पोखरालाई २० ओभरमा ९ विकेटको क्षतिमा ७६ रन बनायो । योङ्ग स्टारका लागि इन्द्र सारु मगर कसिलो बलिङ्ग गर्दै ४ ओभरमा ८ रन दिंदै ३ विकेट लिएका थिए ।
सनी सेनले २ र कप्तान नन्दराज शर्माले १ विकेट लिए । राइजिङ्गका आलम खान २७ रन, अनिल गुरुङ्गले १३ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । योङ्ग स्टारमा अधिकांश भारतिय खेलाडी थिए । जवाफमा योङ्ग स्टारले १५.२ ओभरमा आवश्यक ७७ रन जोडेर जित हासिल गरेको थियो ।
योङ्ग स्टारका दिपक राजले २७ वलमा ४४ रन जोडे । उनले ४ चौका र २ छक्का प्रहार गरे । सनिल सेनले १० वलमा रन बनाए । राइजिङ्गका कप्तान दिपेश खत्रीले ४ ओभरमा ४ रन दिने २ विकेट लिए । अमृत गुरुङ्गले १ विकेट लिए । योङ्ग स्टारका दिपक राज फाइनलको म्यान अफ दी म्याच घोषित भए ।
१ सय ३० रन बनाएका सितल देवी क्लबका विधान श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भए । ७ विकेट लिएका शितलदेवीका अर्जुन वुढाथोकी उत्कृष्ट बलर चुनिए । ७ छक्का प्रहार गरेका करण केसीले मोबाइल प्राप्त गरे । प्रतियोगितका उत्कृष्ट खेलाडी ‘म्यान अफ दि सिरिज’को उपाधी योङ्ग स्टारका नन्दराज शर्मा प्रतियोगिताको म्यान अफ दी सिरिज घोषित भए । उनले ५ हजार ५ सय ५५ रुपैयाँ पाए ।
प्रतियोगिताको मुख्य प्रायोजक संस्था सम्राट एकेडेमीका सम्मर वहादुर थापा, जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देल, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठक, वहिरा क्रिकेट संघ कास्कीका अध्यक्ष सूर्य मोहन वराल, पत्रकार अमृत सुवेदी लगाएतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । कात्तिक २१ गते सुरु भएको प्रतियोगितामा १६ क्लबको सहभागिता थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]