8 years ago
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको ८८ रनको मद्धतले मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले तिन पटकको विजेता भारत सामु १ सय ८६ रनको चुनौती प्रस्तुत गरेको छ ।
कप्तान दीपेन्द्रले १ सय १ बलमा ६ चौका र २ छक्काको मद्धतले ८८ रन बनाएपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन जोडेको हो । ओपनर जितेन्द्र सिंहले ९५ बलमा ३६ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन सकेनन ।
नेपालले १२ रनमा आसिफ शेखलाई (३) गुमाएको थियो भने भिम सार्कीले १५ रन जोडे । अनिल कुमार शाह ६ रन बनाउदै आउट भए तथा बंगलादेशविरुद्ध राम्रो ब्याटिङ गरेका रोहित कुमार पौडेल ६ रनमा आदित्य थकारेको शिकार बने । पवन शराफ १ रनमा र कमल सिंह ऐरी ६ रनमा आउट भए । किशोर महतो ७ रन तथा सन्दिप लामिछाने ९ रनमा नट आउट रहे ।
भारतका आदित्य थकारे र अविषेक शर्माले २ तथा विवेकान्द तिवारी , मन्दिप सिंह , शिव सिंह र अथर्भ तैदेले १ विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]