8 years ago
November 12, 2017
काठमाडौं (हाम्रो खेल्कुद) – एसीसी यू–१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । बायोमास ओभलमा आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । नेपालले उमेर समूहमा भारतलाई हराएको पनि यो पहिलो पटक हो ।
नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । नेपालको ऐतिहासिक र महत्वपूर्ण जितमा कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । ब्याटिङमा ८८ रन बनाएका कप्तान ऐरीले बलिङमा भारतको ४ विकेट झारेका थिए ।
भारतका लागि हिमांशु रानाले ४६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै भारतका मन्जोत कलराले ३५ रन बनाए । अभिषेक शर्माले २७ र अनुज रावतले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका लागि पवन सर्राफ र शाहव आलमले समान २–२ विकेट लिए । त्यस्तै कमल सिंह ऐरी र सन्दिप लामिछाने समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । नेपालको इनिङ्समा कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रनको इनिङ्स खेले । ओपनर जितेन्द्र सिंहले ३६ रन बनाएका थिए । भीम सार्कीले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
भारतका आदित्य थकारेले ४ विकेट लिएका थिए । विवेकानन्द तिवारीले ३ तथा शिव सिंह र अभिषेक शर्माले समान २–२ विकेट हात पारेका थिए । मन्दिप सिंह, शिव सिंह र आथरभा तैडेले समान १–१ विकेट हात पारेका थिए ।
जितसँगै नेपालले अर्काे चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले अब आफ्नो अन्तिम खेलमा आयोजक मलेसियासँग खेल्न बाँकी छ । नेपाल र मलेसियाबीचको खेल मंगलबार हुँदैछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]