8 years ago
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतविरुद्ध उमेर समूहमा एतिहासिक जितको श्रेय नेपाली युवा टोलीको मेहनत र उनीहरुको विश्वासलाई जाने प्रशिक्षक विनोद दासले बताएका छन् । मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको नेपालले दबाबका बीच तीन पटकको च्याम्पियन भारतलाई आज १९ रनले हराएको थियो । कुनै पनि उमेर समूहमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो ।
प्रशिक्षक दासले प्रतिद्वन्द्वि अनुसारको तयारी गरेको बताए । ‘हामीले टोली अनुसारको तयारी गरेका थियौं’ उनले भने,‘ आफ्नो उत्कृष्ट प्रदर्शन दिनुपर्ने भन्नेमा हामी तयार थियौं र प्रदर्शन पनि त्यहि अनुरुप नै भयो ।’ खेल निकै सुरुआतबाट प्रतिस्पर्धात्मक रहेको उल्लेख गर्दै प्रशिक्षकले भने,‘यहाँ यसअघि खेलेको आधारमा परिस्थिति समयसँगै बदलिने हामीलाई थाहा थियो ।’
उनले कप्तान दीपेन्द्र सिंह ऐरीको पनि खुलेर प्रशंसा गरे । ‘दीपेन्द्रले अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गरेको देख्न पाइयो ’ उनले थपे,‘उनले ब्याटिङ र बलिङ दुवैमा नेतृत्व लिए ।’ दीपेन्द्रले ८८ रन बनाउनका साथै ४ विकेट पनि लिएका थिए । १ सय ८६ रनको लक्ष्य पछ्याएको भारतले ४६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । नेपालले समूह चरणको अन्तिम खेल मंगलबार आयोजक मलेसियासँग खेल्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]