8 years ago
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पार्दै हिजो आफूलाई मलेसियामा जारी एससी यू १९ एसिया कप क्रिकेटमा बचाइराखेको थियो । तर आज बंगलादेशले मलेसियालाई हराएकाले नेपालको सम्भावना अलि कठिन भएको छ ।
बंगलादेशले मलेसियालाई २ सय६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै पर्ने हुन्छ र बंगलादेशले भारतसँग जित मात्र निकाले पुग्छ । दोस्रो स्थिति भने नेट रन रेटमा आधारित छ जहाँँ भारतले पनि बंगलादेशलाई भारी अन्तरले हराउन पर्ने हुन्छ । समूहमा बंगलादेशले २ खेल जितेको छ भने नेपाल र भारतले समान १ खेल जितेका छन् । आयोजक मलेसियाले दुवै खेल हारिसकेको छ ।
प्रशिक्षक विनोद दास:
यो हाम्रो लागि छनोट खेल जस्तै हो । हाम्रो मुख्य लक्ष्य राम्रो प्रदर्शन गर्दै ठूलो जित निकाल्ने हुने छ । तर हामी अन्य खेलमा पनि भर पर्नु पर्ने हुँदा पहिलो पारी सकेर फेरी छनोटको स्थितिको मुल्याङ्कन गर्ने छौँ । पहिलो खेल हारे पनि यो स्थितिमा उभिनु भनेको सकारात्मक कुरा नै हो । अब भोलि ठूलो जित हात पार्दै अरु देशलाई बलियो सन्देश दिन चाहन्छौँ ।
कप्तान दिपेन्द्र ऐरी:

जित्नुबाहेक अरु विकल्प छैन । बंगलादेशले मलेसियालाई जित्यो भनेपछि हाम्रो सम्भावना अझै कठिन भएको छ । पहिले ब्याटिङ गरे ठूलो स्कोर बनाउने र पहिले बलिङ गरे मलेसियालाई कम स्कोरमा रोक्ने हाम्रो लक्ष्य हुने छ । भारत र बंगलादेशको नतिजाले प्रभाव पारे पनि हामीले हाम्रो ‘बेस्ट’ दिने छौँ । भारत विरुद्धको जितले आत्मबल पनि बढेकोले सेमिफाइनल पुग्नेमा हामी आशावादी छौँ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]