default_image

8 years ago

November 14, 2017

यू १९ एसिया कपमा आज : नेपालले मलेसियालाई हराएर मात्र नपुग्ने

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले सबैको ध्यान तानेको छ । भारतविरुद्ध उमेर समूहमा पहिलो जित निकाल्दै नेपालले एतिहास रचेको छ । यद्दपी त्यो जितले मात्र नेपालको अघिल्लो चरणको यात्रा भने तय गर्ने सकेन । त्यसका लागि नेपालले आज आयोजक मलेसियाविरुद्ध हुने खेल जितेर मात्र पुग्ने छैन । अर्को खेलको नतिजा पनि आफ्नो अनुकुल हुनुपर्नेछ ।

बंगलादेशले मलेसियालाई हिजो २ सय ६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै पर्ने हुन्छ । बंगलादेशले भारतसँग जित मात्र निकाले पुग्छ । दोस्रो स्थिति भने नेट रन रेटमा आधारित छ जहाँँ भारतले पनि बंगलादेशलाई भारी अन्तरले हराउन पर्ने हुन्छ । समूहमा बंगलादेशले २ खेल जितेको छ भने नेपाल र भारतले समान १ खेल जितेका छन् । आयोजक मलेसियाले दुवै खेल हारिसकेको छ ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जवाफमा डक वर्थ लुइसको आधारमा १ सय ८१ रनको लक्ष्य पछाएको बंगलादेशले ३९.५ ओभरमा ८ विकेट गुमाएर जित निकालेको थियो ।

भारतविरुद्ध कप्तान दीपेन्द्र सिंह ऐरीले उच्च प्रदर्शन गरेपछि नेपाल १९ रनले विजयी भएको थियो । पहिले ब्याटिङ गरेर ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । जसमा दीपेन्द्रले ८८ रन बनाएका थिए । जवाफमा भारतले ४८.१ ओभरमा १ सय ६६ रन बनाउन सक्यो । भारतलाई रोक्न दीपेन्द्रले ४ विकेट पनि लिएका थिए । भारतविरुद्धको त्यो जित नेपालका लागि एतिहास मात्र रहेन अर्को चरण पुग्ने सम्भावनालाई पनि जीवित राखेको थियो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार आज बिहान ७ः१५ बजे सुरु हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.