8 years ago
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ क्रिकेटमा वर्षाका कारण आज खेलहरु सुरु हुन सकेका छैनन् । नेपाल र आयोजक मलेसिया तथा भारत र बंगलादेशबीच खेल हुनु पर्ने थियो ।
लगातारको वर्षाका कारण नेपाली समय अनुसार बिहान ७ः१५ को लागि तय खेल सुरु हुन नसकेको बताइएको छ । अब नेपाली समय अनुसार ९ः०० बजे टस हुनेछ भनिएपनि वर्षा जारी रहेको खण्डमा त्यो समय पनि धकेलिन सक्नेछ ।
त्यो अवस्थामा वर्षा रोकिएपछि अम्पायरले मैदान निरिक्षण गरि टसका बारेमा निर्णय लिने बताइएको छ । २ मध्ये १ मा जित र अर्कोमा हार बेहोरेको नेपालले आज आयोजक मलेसियाविरुद्ध हुने खेल जितेर मात्र पुग्ने छैन । अर्को खेलको नतिजा पनि आफु अनुकुल हुनुपर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]