8 years ago
November 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । ४६ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ५.३ ओभरमै पुरा गरेको हो ।
नेपालका लागि अनिल सिहंले अवजित २६ रन बनाए भने दीपेन्द्र ऐरी १२ रनमा आउट भएका थिए । त्यस्तै आसिफ सेखले ४ तथा भिम सार्किले ३ रन जोडेका थिए ।
यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४५ रनमै अल-अाउट पारेको थियो । वर्षाले प्रभावित भएको कारण २४ ओभरमा छोटिएको खेलमा मलेसिया १५.३ ओभरमा अल-अाउट हुन पुग्यो ।
मलेसियाका ओपनरद्वय सइद मुबारक (२०) र भिरन्दिप सिहं (१०)ले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । तर त्यसपछी १२ रनको अवधिमा मलेसियाले सबै १० विकेट गुमायो ।
नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए । दीपेन्द्र ऐरी र शाहद आलमले २-२ लिए र अनिल कुमार शाहले १ विकेट लिए । मलेसियाका ६ ब्याट्सम्यानले खातै नखोली पेभेलियन फर्किएका थिए ।
अब छनोट हुन नेपालको भाग्य भारत विरुद्ध बंगलादेशको खेलमा निर्भर छ । बंगलादेशले भारतसँग जित मात्र निकाले पुग्छ । दोस्रो स्थिति भने नेट रन रेटमा आधारित छ जहाँँ भारतले बंगलादेशलाई भारी अन्तरले हराउन पर्ने हुन्छ । बंगलादेश १९० रनको लक्ष्य पछ्याइरहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]