default_image

8 years ago

November 17, 2017

अफगानिस्तानले टस जित्यो, नेपाललाई पहिले ब्याटिङको निम्तो

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत दोस्रो सेमिफाइनलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्न रोजेको छ । पहिलो सेमिफाइनलमा डर्क वर्थ लुइसको आधारमा पाकिस्तानले बंगलादेशलाई २ विकेटले हराएको थियो ।

एसीसी यू १९ एसिया कप क्रिकेटको यात्रामा नेपाली युवा टोली निस्कदा कतिलाई लागेको थियो, नेपाल समूह चरणबाटै बाहिरिन्छ । टेस्ट मान्यता प्राप्त भारत, बंगलादेशको समूहमा परेकोले त्यो अनुमान अस्वभाविक पनि थिएन ।

सुरुआत पनि त्यस्तै भयो, बंगलादेशसँग २ विकेटले नेपाली टोली पराजित भयो । त्यसपछिको प्रतिद्वन्द्वि थियो भारत । भारतलाई नेपाललाई हराउला भन्ने कसैलाई लागेको थिएन । त्यसको कारण थियो, नेपालले उमेर समूहमा त्यसअघि भारतलाई हराउन सकेको थिएन ।

भारत यसै पनि यू १९ एसिया कपको सबैभन्दा सफल टोली । तीन पटकको च्याम्पियन । तर, नेपालले असम्भवलाई सम्भव बनाएर भारतलाई १९ रनले हरायो । नेपालको त्यो भारतमाथिको जित एतिहासिक थियो, नै त्यहि जितले टोलीको सेमिफाइनलको ढोका पनि खोलेको थियो ।

तर, अन्तिम खेलमा मलेसियालाई ८ विकेटले हराउँदा पनि नेपाल अघि बढ्ने नबढ्ने अर्को खेलको नतिजामा भर पर्ने थियो । त्यहाँ अर्को नतिजा त्यस्तो आयो, जसले नेपालको सेमिफाइनल यात्रा सहज भयो । बंगलादेशले भारतलाई हराएपछि सोझै नेपाल अन्तिम चारमा पुग्यो भने भारत प्रतियोगिताबाट बाहिरयो ।

अब आज अर्को ठूलो परिक्षाबाट नेपाली टोली गुज्रनु पर्नेछ । नेपालले फाइनल प्रवेशका लागि आज अफगानिस्तानको सामना गर्दैछ । पछिल्लो समय क्रिकेटमा ठूलो फड्को मारेको अफगानिस्ता प्रतियोगिताको दाबेदारका रुपमा उभिएको छ । श्रीलंका, पाकिस्तान सम्मिलित समूहबाट विजेताका रुपमा अफगानिस्तान अघि बढेको थियो ।

आजको खेल जित्ने टोलीले पाकिस्तानसँग फाइनल खेल्नेछ । नेपाल र अफगानिस्तानको खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.