default_image

8 years ago

November 17, 2017

अफगानिस्तान विरुद्ध अनिलको अर्धशतक

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत दोस्रो सेमिफाइनलमा अनिल कुमार शाहले अफगानिस्तानविरुद्ध अर्धशतक पुरा गरेका छन् । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपाली टोलीका अन्य ब्याट्सम्यान एकातर्फ चल्न नसक्दा अनिलले अर्कोतर्फ ब्याटिंग सम्हालेका हुन् । नेपालले २२ ओभरको अन्त्यसम्म ५ विकेट गुमाउँदै ८३ रन बनाएको छ । 

Anil Kumar

तस्बिर : ईकान्तिपुर

९ रनमा दुवै ओपनरलाई गुमाएको नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान अनिलले ५६ बलको सामाना गर्दै ५० रन बनाएका हुन् । उनले ७ चौका र १ छक्का प्रहार गरेका हुन् ।

मोहोम्मद आसिफ शेख रन नाबनाउँदै आउट भए भने अर्का ओपनर जितेन्द्र १ रनमा आउट भए । प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आएका कप्तान दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने रोहित कुमार पौडेल ४ रनमा एलबीडब्ल्यूको सिकार भए । त्यस्तै भिम शार्की ६ रन बनाउँदै रन आउट भएपछि नेपालले पाँचौ विकेट गुमाएको हो ।

अपडेट : पवन ८ रन बनाउँदै आउट भएका छन् । नेपालले छैटौ विकेट गुमाएको छ ।

अपडेट: नेपालको सातौँ विकेट पतन , अनिल ५१ रनमा आउट ।

अपडेट : आठौँ विकेट झर्यो , किशोर महतो आउट ।

अपडेट : नवौं विकेट झर्यो , कमल सिंह खाता नखोल्दै फर्किए ।

अपडेट: नेपाल १ सय ३ रनमा आल आउट । 

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.