default_image

8 years ago

November 17, 2017

नेपाल १ सय ३ रनमा अलआउट

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनलमा अफगानिस्तानविरुद्ध गतिलो ब्याटिंङ गर्ननसक्दा नेपालले १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

nepal

तस्विर : एनएसजेएफ

किनरारा ओभलमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल कुमार शाहले ५१ रन बनाएपनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न नसकेपछि नेपाली टोलीले २८ ओभरमा १ सय ३ रन बनाउँदै सबै विकेट गुमाएको हो ।

अनिललाई आउट गरेका अफगानिस्तानका बलर मुजिब उर रहमानले उच्च प्रदर्शन गर्दै नेपाली ब्याट्सम्यानलाई रोके । १० ओभरमा २ मेडेनका साथ् २८ रन खर्चदै उनले ६ विकेट लिए ।  

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.