8 years ago
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ । १ सय ४ रनको लक्ष्य पाएको अफगानिस्तान १८ ओभरमा १ विकेट गुमाएर ९४ रन जोडेको अवस्थामा वर्षाले खेल रोकिएको हो ।
कमल सिंह ऐरीले इब्राहिम झाड्रनलाई ३ रनमा आउट गरेपनि अफगानिस्तानले अन्य विकेट गुमाएको छैन । अफगानिस्तानलाई जितका लागि १० रन आवश्यक छ। क्रिजमा रहेका रमनउल्लाह गुर्बाज ६९ र इकराम अलि ९ रन बनाएर खेलिरहेका छन्।
किनरारा ओभलमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल कुमार शाहले ५१ रन बनाएपनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न नसकेपछि नेपाली टोलीले २८ ओभरमा १ सय ३ रन बनाउँदै सबै विकेट गुमाएको हो । अनिललाई आउट गरेका अफगानिस्तानका बलर मुजिब उर रहमानले उच्च प्रदर्शन गर्दै नेपाली ब्याट्सम्यानलाई रोके ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]