default_image

6 years ago

November 17, 2017

चितवन टाइगर्सको ‘ट्यान्ट हन्ट’बाट आकाश छानिए

काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइगर्सले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी खेलाडी छनोट गरेको छ । चितवन जिल्ला क्रिकेट संघको सहकार्यमा बिहीबार भएको ट्यालेन्ट हन्टबाट ब्याट्सम्यान आकाश थापा छनोट भएका छन् । चितवन टाइगर्स अर्को महिना सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) को सहभागी ६ टोली मध्येको एक टोली हो । सहभागी हरेक टोलीले स्थानिय खेलाडीलाई समावेश […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइगर्सले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी खेलाडी छनोट गरेको छ । चितवन जिल्ला क्रिकेट संघको सहकार्यमा बिहीबार भएको ट्यालेन्ट हन्टबाट ब्याट्सम्यान आकाश थापा छनोट भएका छन् । चितवन टाइगर्स अर्को महिना सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) को सहभागी ६ टोली मध्येको एक टोली हो ।

सहभागी हरेक टोलीले स्थानिय खेलाडीलाई समावेश गराउने पर्ने प्रावधान अनुसार ट्यालेन्ट हन्ट राखिएको हो । नारायणगढस्थित क्याम्पाचौरमा भएको ट्यालेन्ट हन्टमा ३० खेलाडीको सहभागिता रहेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । राष्ट्रिय टोलीका पूर्व कप्तान राजु खड्का, पूर्व क्रिकेट खेलाडी दीपेन्द्र चौधरीले खेलाडी छनोट गरेका थिए ।

सहभागीमध्येबाट हेमन्त कुमार थापा क्षत्री, गौतम, संघर्ष, दिवस पौडेल र आशा पाँच जना पहिलो चरणमा छनोट भएका थिए । त्यसमध्येबाट आकाश अन्तिम छनोटमा परेका हुन् । चितवन टाइगर्समा अहिले सम्म ११ खेलाडी आबद्ध भइसकेका छन् ।

सहभागी हरेक टोलीले तीन जना विदेशी खेलााडी राख्न पाउने प्रावधान रहेको र आफुहरु खेलाडी अनुबन्धनको नजिक रहेको चितवन टाइगर्सका मालिक नवलपरासी निवासी किशोर भट्टराईले जानकारी दिए ।

टोलीमा सुवास खकुरेल, पृथु बास्कोटा, , दीपेन्द्र सिंह ऐरी, ललित भण्डारी, सहाब आलम आबद्ध छन् । ट्यालेन्ट हन्टबाट पहिलो चरणको छनोटमा परेका तीब्रगतिका बलर गौतमलाई पनि राइजिङ प्लेयरका रुपमा टोलीमा राख्ने भट्राईले जानकारी दिए ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.