काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ एसिया कपमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । विजेता अफगानिस्तान भने आइतबार हुने फाइनलमा पाकिस्तानको सामना गर्ने छ ।