8 years ago
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पोखराको पोखराको माछापुच्छ्रे क्रिकेट क्लब दुवईतर्फ क्लब दुईवटा अभ्यास खेलका लागि आज संयुक्त अरब इमिरेट्स (युइए) को दुवईतर्फ लागेको छ । दुईवटा खेलका लागि १२ सदस्यीय टोली त्यसतर्फ जानुअघि राजधानीमा आयोजित पत्रकार विदाई कार्यक्रममा जानकारी दिइयो ।
माछापुच्छ्रेले पहिलो खेल शनिबार दार्जिलिङ क्रिकेट क्लबसँग खेल्नेछ । खेल आइसीसी क्रिकेट मैदानमा हुने टिमका कप्तान दिपेश खत्रीले जानकारी गराए । क्लबले आइतबार याक्टा क्रिकेट एकेडेमीसँग इडेन गार्डेन क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेल २० ओभरको हुनेछ ।
नेपालमा पनि क्रिकेटको सम्भावना छ भन्ने देखाउन क्लबले पहिलो पटक दुवई भ्रमण गरेको कप्तान दीपेशले बताए ।भविष्यमा टोलीले नेदरल्यान्ड्सको भ्रमण पनि गर्न लागेको सोही अवसरमा जानकारी गराइयो । टिमलाई दुवई जानको लागि टिप टपले जर्सी प्रायोजन गरेको र क्वेष्ट ट्राभल्सले यातायात खर्च बेहोरेको जानकारी दियो ।
दुवई जाने माछापुच्छ्रे क्रिकेट क्लबका खेलाडी
१.दिपेश खत्री (कप्तान)
२.रविन जोशी (उप कप्तान)
३.सुनिल गंगर
४.सुमन चौलागाईं
५.सुमन उदय
६.कविन सापकोटा
७.प्रकाश चन्द ठकुरी
८.प्रितम दुवाल श्रेष्ठ
९.आदित्य मल्ल
१०.नवीन कार्की
११.किरण बुढाथोकी
१२. विनायक विक्रम थापा (व्यवस्थापक)
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]