default_image

8 years ago

December 5, 2017

एभरेस्ट प्रिमियर लिगमा चियर लिडर्स

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेट प्रतियोगितामा निकै प्रतिक्षित बनेको टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चियर्स लिडर्स पनि हुने भएका छन् ।

आयोजक ईपीएलले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ईपीएलमा दर्शकलाई खेलसँगै मनोरञ्जन प्रदान गर्न चियर्स लिडर्स राख्ने निर्णय गरिएको जानकारी गराए । ईपीएल पुस ३ गतेबाट शुरु भएर ११ दिनसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुदैछ ।

ईपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले यसपटक त्रिवि क्रिकेट मैदानमा दर्शकले देख्दै नदेखेका सुविधाहरुको उपभोग गर्न पाउने समेत जानकारी गराए । मैदानमा दर्शकको लागि प्रत्येक दिन सांगीतिक कार्यक्रम, सेलिब्रिटी, पहिलो खेल सकिएको ब्रेकमा प्रत्येक दिन छुट्टै मनोरञ्जन, डिजे, फुडस्टल, वाईफाई हटस्पट लगायत व्यवस्था गरिने प्रतियोगिता प्रमुख आमिर अख्तरले बताएका छन् ।

ईपीएलमा विशेष आकर्षणको रुपमा १६X९ फिटको एलईडी स्क्रिन समेत राख्ने जसमा थर्ड अम्पायरको मात्र नभई दर्शकले आफ्नो उपस्थिति समेत हेर्न सक्ने बताईएको छ । नेपाली क्रिकेटमै पहिलो पटक थर्ड अम्पायरको व्यवस्था समेत प्रतियोगितामा गरिदैछ ।

मैदानको सजावट, थ्रीडी विज्ञापन म्याट लगायत व्यवस्था गरिनेछ जसको लागि इन्डियन प्रिमियर लिग तथा विश्वकप क्रिकेटको अनुभव भएका व्यक्तिहरु आयोजक टिममा रहनेछन् । खेलाडीहरु बस्ने अन्तर्राष्ट्रिय स्तरको डगाउट र पेभेलियनको व्यवस्था गरिनेछ भने भीआईपी, भीभीआईपी तथा मिडियाको लागि छुट्टाछुट्टै एरियामा विशेष सुबिधा प्रदान गरिनेछ ।

यस्तै खानाको स्टल, सुविधा सम्पन्न शौचालय, व्यवस्थित पार्किङ, मैदान वरिपरी टिकट काउन्टरहरुको व्यवस्था, टिकट प्रत्येक आईएमई काउन्टरमा उपलब्ध, स्तरीय साउण्ड सिस्टम र खेल हेर्न आउने दर्शकहरुलाई आकर्षक पुरस्कार पनि राखिएको छ ।

प्रतियोगितामा काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ वटा टिम रहेका छन् ।

प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिम बीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । प्रतियोगिताको विजेताले २१ लाख रुपियाँ पाउनेछ ।

टिकटको मुल्य १ सय

ईपीएलमा टिकटको मुल्य १ सय रुपैया तोकिएको छ । ईपीएल हेर्न र्शकहरुले १ सय खर्चिनु पर्नेछ जसमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने छन् । ‘टिकटको मूल्य सस्तो राखेका छौँ, १ सय रुपैयाँमा पुरा दिन मनोरञ्जन पाउनुहुनेछ ।’ निर्देशक आमिर अख्तरले भने, ‘२ वटा खेल त्यसपछि खेलको ब्रेकमा अन्य मनोरञ्जन दर्शकले पाउनेछन् । टिकटको संस्कार बसाल्ने प्रयास स्वरूप किन्न सकिने दरको टिकट राखेका हौं ।’

उनले घरेलु क्रिकेटमा टिकटको कल्चरबिना खेलकुदको विकास नहुने भन्दै सम्पूर्ण दर्शकहरुलाई खेल हेर्न आइदिन आग्रह गरेका छन् । दर्शकहरुले टिकट आईएमईको सबै सेन्टरमा तथा अन्य काउन्टरहरुमा समेत पाउने तथा मैदानमै आएर पनि लिन सक्नेछन् ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.