8 years ago
December 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नवौं दिन आज पहिलो खेलमा चितवन टाइगर्सले भैरहवा ग्ल्याडियसर्टसलाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको सामान्य योगफल तयार पारेको छ । जारी इपिएलमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो । चितवनले यो योगफल रक्षा गर्न नसके प्रतियोगिताबाट बाहिरिने छ ।
४ खेलाडीले मात्र दोहोरो अंक बटुल्न सकेको चितवनका लागि कप्तान दिपेन्द्र सिंह एरी र योगेन्द्र सिंह कार्कीले सर्वधिक समान १५ रन बनाए । ललित सिंह भण्डारीले १३ रन जोडे भने ट्यालेन्ट हन्टबाट छनोट भएका आकाश थापा १० रन बनाए । प्रविण गुप्ता ८ रन र दिलिप नाथ ४ रनमा आउट भए ।
भैरहवाका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ३ विकेट लिए भने भुवन कार्की र हरिशंखर शाहले समान २ विकेट लिए । कृष्ण कार्की र पुनित मेहेराले समान १ विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]