8 years ago
December 27, 2017
बाबरको अर्को विष्फोटक अर्धशतक
काठमाडौं (हाम्रो खेलकुद) –विराटनगर वारियर्स राजधानीमा जारी टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इपीएल अन्र्तगत बुधबार भएको क्वालिफायरमा बाबर हायतले अर्को अर्धशतकीय इनिङ्स खेलपछि भैरहवा ग्लाडियटर्सलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
पराजित भएपनि भैरहवाले आजै हुने इलिमेटरको विजेतासँग अर्काे इलिमेटर खेल्ने मौका पाउनेछ । इलिमेटरमा आज ललितपुर प्याट्रियट्स र पोखरा राइनोजबीच खेल हुदैछ । दोस्रो इलिमेटर खेल बिहिबार हुनेछ ।
भैरहवाले दिएको १ सय २८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । विराटनगरको जितमा बाबर हायतले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।
पहिलो विकेटको रुपमा आसिफ शेखलाई शुन्य रनमा गुमाएको विराटनगरको इनिङ्स हङकङका बाबर हायत र अंशुमन रथले ७४ रनको साझेदारी गर्दै सम्हाले । उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिएका हायातले ४४ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेका थिए । कप्तान पारस खड्का ४१ रनमा तथा अंशुमन रथ २६ रनमा नटआउट रहे । भैरहवाका हरिशंकर शाह र पुनित मेहराले समान १ विकेट लिए । पारसले ४ छक्का प्रहार गर्दै विरानगरको जित सहज बनाएका थिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल तयार पारेको थियो ।
भैरहवाका लागि मध्यक्रमका ब्याट्सम्यान पुनित मेहरा ४९ रनमा आयट भए । आरिफ शेखले ४६ रन बनाए । आरिफ र पुनितले पाँचौ विकेटका लागि ८२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । ३५ बल खेलेका आरिफले १ चौका र ३ छक्का प्रहार गरे । ३४ बल खेलेका पुनितले ३ चौका र ३ छक्का प्रहार गरे ।
खराव शुरुवात गरेको भैरहवाले शुरुवाती २७ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो । भुपेन्द्र थापा २, रोहित कुमार पौडेल ६ रनमा आउट आउट भए । कप्तान शरद भेषवाकार ८ रनमा आउट भए । ओभरसिज खेलाडी राहुल यादव ७ रनमा आउट भए । प्रथम सालुङ्के ३ रनमा आउट भए ।
विराटनगरका शाहन आदेशा आपुहामी र करन केसीले समान २ विकेट लिए । कप्तान पारस खड्का, बसन्त रेग्मी र अविनास कर्णले विकेट लिए ।
विराटनगर समूहको शीर्षस्थानमा तथा भैरहवा दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भएको थियो ।

६२ रन बनाएका बाबर हायत खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० रुपैया प्राप्त गरे ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]