8 years ago
December 28, 2017
काठमाडौँ (हाम्रो खेलकुद)- ललितपुर प्याट्रियट्सले टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनायो । भैरहवाले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । यि दुई टिमबीचको विजेताले शनिबार हुने फाइनलमा बिराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ । ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रनको योगदान दिए । अर्का ओपनर शंखर राना १२ रनमा रन आउट भए ।
कोल्सावाला र शंकर रानाले पहिलो विकेटको लागि ५१ रनको साझेदारी गरे । राम्रो शुरुवात गरेको ललितपुरले ६० रनमा महत्वपूर्ण २ विकेट गुमाउन पुग्यो । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल २०, सन्नी पटेल २४ र कुशल भुर्तेल शुन्य रनमै आउट भए । कप्तान मल्ल आरिफ शेखको बलमा क्याच आउट भए । सोनु तामांङ १० रनमा नटआउट रहे भने अन्तिम बलमा आउट भएका दिपेश भण्डारीले ९ बलमा २२ रन प्रहार गरेका थिए।
भैरहवाका पुनित मेहेराले ४ ओभरमा २८ रन खर्चदै २ विकेट लिन सफल भए । हरिशंखर शाह, आरिफ शेख र भुवन कार्कीले समान १-१ विकेट लिए । राउण्ड रोविन लिगको आधारमा गत पुस ३ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले २१ लख रुपैया प्राप्त गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]