default_image

8 years ago

December 29, 2017

इपीएल फाइनल भोली – भैरहवाले अपराजित विराटनरलाई रोक्ला ?

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शनिबार फाइनल हुँदा विराटनगर वारियर्सले जितलाई निरन्तरता दिन्छ वा भैरहवा ग्ल्याडिएटर्सले अघिल्ला दुई हारको बदला लिन्छ भन्नेमा बढी चासो हुनेछ । इपीएलमा विराटनगर यो सिजनमा अपराजित एक्लो टोली हो । लिग सबै खेल जित्दै शीर्षस्थानमा विराटनगर थियो भने भैरहवामा दोस्रो स्थानमा थियो ।

तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद

लिग चरणमा भैरहवालाई हराएको विराटनगरले पहिलो क्वालिफायर्समा पनि सोही टोलीलाई पराजित गरेको थियो । यद्दपी, अन्तिम एलिमिनेटरमा ललितपुरलाई हराउँदै भैरहवाले पुनः विराटनगरसँगको फाइनल भेट पक्का गरेको थियो । लिग चरणमा विराटनगरसँग ३५ रनले पराजित भैरहवा पहिलो क्वालिफायर्समा ८ विकेटले हारेको थियो ।

यस्तोमा विराटनगर भैरहवालाई फाइनलमा पनि पराजित गर्दै ह्याट्रिक जितको दाउमा हुनेछ । शुक्रबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा विराटनगरका कप्तान पारस खड्काले यसअघिको नतिजालाई हेरेर फाइनलको नतिजा अनुमान गर्न नसकिने बताए । ‘यसअघिका नतिजालाई बिर्सिएर राम्रो क्रिकेट खेल्ने तयारी गरिरहेका छौं ’ पारसले भने भने, ‘नतिजाको कुरा गर्ने हो भने हामी भैरहवाविरुद्ध दुई जितसहित आत्मविश्वासी छौं । तर, भोलिको दिन पूरै नयाँ हुनेछ ।’

माथिल्लो क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै पारसले फाइनलमा पनि पनि त्यसले निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे । यद्दपी माथिल्ला क्रममा मात्र टोली निर्भर नरहेको पनि प्रष्ट पारे । उनले थपे,‘ट्वान्टी–ट्वान्टी क्रिकेटमा खेल जित्नका लागि एउटै खेलाडीको राम्रो प्रदर्शन, वा एकै ओभर वा एकै बल पनि निर्णायक हुन सक्दछ । ’
भैरहवाका कप्तान शरद भेषावकरले पनि निरन्तर राम्रो प्रदर्शन गरिरहेको विराटनगरको टप अर्डरलाई ब्रेक गर्ने योजनासहित मैदान उत्रिने बताए । ‘विराटनगरका सुरुवाती ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेका छन् । उनीहरुको जमेको जोडीलाई ब्रेक गराउनु हाम्रो लक्ष्य हुनेछ ’ उनले भने, ‘यसअघि दुई हारबाट पाठ सिकेर कमजोरी सुधार्दै राम्रो क्रिकेट खेल्ने हाम्रो योजना हो ।’

शरदले टोलीको ओपनिङमा समस्या भएपनि मिडिल अर्डर र लोअर मिडिल अर्डरले राम्रो खेलिरहेका बताउदै आवश्यक पर्दा सबै खेलाडीले शतप्रतिशत दिएर खेल्न सक्ने बताए । पारसले अगाडि थपे ‘प्रचारप्रसार तथा मिडिया कभरेजको हिसावमा प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको भएको छ । यसले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान दिनसक्छ ।’ शरदले पनि विदेशी खेलाडीको प्रदर्शनले प्रतियोगिता थप रोमाञ्चक बनेको र यसले नेपाली जुनियर खेलाडीका लागि ठूलो अवसर मिलेको बताए । उनले जुनियर खेलाडीले भविष्यमा राष्ट्रिय टोलीमा स्थान बनाउने विश्वास पनि व्यक्त गरे ।

विराटनगरलाई अपराजित राख्दै फाइनलमा पु¥याउन हङकङका दुई क्रिकेटर बाबर हायत र अंशुमन रथको प्रदर्शन उच्च रहेको छ । प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा बाबर र अंशुमन पहिलो र दोस्रो स्थानमा छन् । फाइनलको इनिङ ब्रेकमा नेपाल आइडलका शीर्ष तीन प्रतिस्पर्धीले प्रस्तुती दिने आयोजकले जनाएको छ ।

 

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.