8 years ago
December 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडिएटर्सलाई पराजित गर्दै विराटनगर वारियर्स टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
विराटनगरले भैरहवालाई रोमाञ्चक बनेको खेलमा १ रनले पराजित गर्दै इपीएलको च्याम्पियन बनेको हो । जितसँगै विराटनगरले २१ लाख रुपैया प्राप्त गर्यो । जितसँगै विराटनगरले भैरहवामाथि लगातार तेस्रो जित दर्ता गर्यो । भैरहवा विराटनगरसँग लिग चरणमा ३५ र क्वालिफायरमा ८ विकेटले पराजित भएको थियो ।
विराटनगरले दिएको १ सय ५० रनको लक्ष्यमा भैरहवाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रनमात्र बनाउन सक्यो । १९ ओभरमा कप्तान पारस खड्काले ४ रन खर्चदै २ विकेट लिएर विराटनगरको उपाधि सम्भावना कायमै राखेका थिए । २० औं ओभरमा बलिङमा आएका अनिल शाहले उत्कृष्ट बलिङ गर्दै रनआउट सहित तीन विकेट लिँदै ७ रन खर्चदै जित हात दिलाए ।
यसअघि आठौं ओभरमा अंशुमन रथको बलिङमा ३६ रन खाँदा विराटनगर दवावमा आएको थियो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले ५२ रनको अर्धशतकीय योगदान दिए । ३९ बल खेलेका शरदले ४ चौका र ४ छक्काको मद्दतले ५२ रनको राम्रो पारी खेलेका थिए । उनी वसन्त रेग्मीको बलमा करन केसीबाट रनआउट भएका थिए ।
प्रथम सालुङ्के ३० रनमा पारस खड्काको बलमा अनिल कुमार शाहबाट क्याच आउट भए । राहुल यादव ६ रनमा करन केसीको बलमा अनिल कुमार शाहबाट क्याच आउट भए । आरिफ शेख २७ रनमा आउट भए तथा रोहित कुमार पौडेल ७ रनमा नटआउट रहे । प्रदिप ऐरी ६ रनमा आउट भए । भुपेन्द्र थापा ३ रनमा नटआउट रहे । विराटनगरका कप्तान पारस खड्काले ३ तथा करन केसी र अनिल कुमार शाहले २ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रनको मध्यम योगफल तयार गर्यो । विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान पारस खड्का २७ रनमा हरिशंकर शाहको बलमा भुवन कार्कीद्वारा क्याच आउट भए ।
प्रतियोगिताभर राम्रो प्रदर्शन गरेका हङकङका कप्तान समेत रहेका बाबर हायात ११ रनमा आरिफ शेखको बलमा राहुल यादवबाट क्याच आउट भए । पहिलो विकेटको रुपमा आसिफ शेख ७ रनमा आउट भएका थिए । उनी शरदको बलमा रोहितद्वारा क्याच आउट भए ।
पाँचौं विकेटको लागि अनिल कुमार शाह र प्रनित थापामगरले ३४ रनको साझेदारी गरे । अनिल शाह २२ रनमा आउट भए भने प्रनित थापा मगर १४ रनमा बोल्ड भए । सुमित महर्जन ३ रनमा रन आउटको शिकार भए । त्यस्तै करन केसी ९ तथा बसन्त रेग्मी ३ रनमा नटआउट रहे ।
भैरहवाका लागि हरिशंकर शाह, कृष्ण कार्की र आरिफ शेखले समान २ विकेट लिए । कप्तान शरद भेषावाकर र आरिफ शेखले १ विकेट लिए । पुस ३ गतेबाट शुरु भएको प्रतियोगितामा देशभरका ६ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
विजयी टोलीका कप्तान पारस खड्का म्यान अफ द म्याच घोषित भए । त्यस्तै रोहित कुमार पौडेल ‘मोस्ट भ्यालुएबल’ खेलाडि घोषित भए भने ‘प्लेयर अफ द टोर्नामेन्ट’ बाबर हायत भए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]