8 years ago
January 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) –मदन भण्डारी स्पोर्टस् एकेडेमीले नवौं स्थापना दिवसको अवसर पारेर आजबाट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । पूर्व सभामुख एवंम् नेकपा एमालेका नेता सुवास नेम्वाङले शान्तिगरमा एकेडेमीको उद्घाटन गरेका थिए ।
सोही अवसरमा स्पोर्टस एकेडेमीले हालै राजधानीमा भएको अन्तर्राष्ट्रिय ह्रवीलचियर त्रिकोणात्मक क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई ५० हजार रुपैयाँ सहित सम्मान गरेको थियो । त्यस्तै एकेडेमीले आजै गणेश दुलालको अध्यक्षतामा मार्सल आर्टस कमिटि गठन गरेकोे छ ।
कमिटीका सदस्यहरुलाइ बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिइएको छ। एकेडेमीका खेलाडीको उपचारमा ५० प्रतिशत छुट दिने गरि हेल्पिङ ह्यान्ड अस्पतालसँग सम्झौता गरेको छ । नेता नेम्वाङले खेलाडीले राज्यबाट उचित सहयोग पाउन नसकेको उल्लेख गर्दै उचित व्यवस्थापन विना अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीले प्राप्त गरेको सफलताको प्रसंशा गरे ।
खेल क्षेत्रमा जस्तै राजनीतिक दलका नेता पनि अनुशासनमा बस्नुपर्ने जोड दिदै नेम्वाङले एकेडेमी संचालनमा आए पछि खेल क्षेत्रमा अझै उपलब्धि प्राप्त गर्नेमा आफु विश्वस्त रहेको बताए । राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले नेपाली क्रिकेटको खस्कदो अबस्था प्रति सबैले सोच्नुपर्ने बेला आएको भन्दै एकेडेमी स्थापनाले क्रिकेटमा एउटा इट्टा थप्ने काम गरेको बताए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]