8 years ago
January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसहर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरमै रोखिएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसहर जाने रेल अबरुद्ध भएको टोलीसँगै रहेका खेलकुद पत्रकार अनिल मल्ल ठकुरीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।
बजेट अभावमा भारत हुँदै पाकिस्तान यात्रामा निस्केको नेपाली टोलीका लागि अहिले बस व्यवस्थान गर्ने तयारी भइररहेको पत्रकार ठकुरीले बताए । पाँचौ संस्करणको एक दिवसीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता जनवरी ७ देखि २१ सम्म पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना हुँदैछ । दृष्टिविहीन टि–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले पहिलोपटक एकदिवसीय क्रिकेटको विश्वकप खेल्न लागेको हो । प्रतियोगितामा ६ राष्ट्र रहेका छन् ।
विश्वकपमा साविक विजेता भारत, साविक उपविजेता पाकिस्तान, नेपाल, श्रीलंका, अष्ट्रेलिया र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । वेस्ट इन्डिज, साउथ अफ्रिका र इङ्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै प्रतियोगिता नखेल्ने भएका छन् । राउन्ड रोविन आधारमा हुने प्रतियोगितामा नेपालले जनवरी ८ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]