8 years ago
January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरबाट बसमा यात्रा गर्ने भएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसर जाने रेल अबरुद्ध भएसँगै केहि घन्टा नेपाली टोली अन्यौलमा परेको थियो । २२ सदस्यीय टोली भएपनि रात्रीकालिन बसमा १६ जनाको लागि मात्र टिकट पाउँदा मिलेर जान तयार रहेको टोलीसंगै रहेका खेल पत्रकार अनिल मल्ल ठकुरीले जानकारी दिए। रात्रीकालिन बस १२ बजे दिल्लीतर्फ प्रस्थान गर्नेछ।
नेपाली टोली भोली अमृतसर, बागाबोर्डर हुँदै पाकिस्तानको लाहोर जानेछ । पाँचौ संस्करणको एक दिवसीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता जनवरी ७ देखि २१ सम्म पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना हुँदैछ ।
दृष्टिविहीन टि–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले पहिलोपटक एकदिवसीय क्रिकेटको विश्वकप खेल्न लागेको हो । प्रतियोगितामा ६ राष्ट्र रहेका छन् । विश्वकपमा साविक विजेता भारत, साविक उपविजेता पाकिस्तान, नेपाल, श्रीलंका, अष्ट्रेलिया र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । वे
स्ट इन्डिज, साउथ अफ्रिका र इङ्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै प्रतियोगिता नखेल्ने भएका छन् । राउन्ड रोविन आधारमा हुने प्रतियोगितामा नेपालले जनवरी ८ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]