8 years ago
January 5, 2018
केप टाउन (एजेन्सी) – भारतविरुद्ध पहिलो टेस्टको पहिलो दिनमा टस जितेर पहिले ब्याटिंग रोजेको दक्षिण अफ्रिकाले २ सय ८६ रन बनाउँदै सबै विकेट गुमाएको छ ।
पहिलो इनिङ्सको तेस्रो बलमा ओपनर डीन एल्गरलाई गुमाएको घरेलु टोलीले १२ रनमा ३ विकेट गुमाएको थियो । डि भिलियर्स र फ्लाप डु प्लेसिसवीचको १ सय १४ रनको साझेदारीले खेलमा फर्किएको दक्षिण अफ्रिकाले दुवै सेट ब्याट्सम्यानलाई गुमाएपछि २ सय ८६ रन मात्र बनाएको हो । डि भिलियर्सले ६५ रन तथा डु प्लेसिसले ६२ रन जोडे । अन्य ब्याट्सम्यानहरुमा डि ककले ४३ , भर्नन फिलान्डरले २३ , केशभ महाराजले ३५ तथा कागीसो राबाडाले २६ रनको योगदान दिए ।
भारतकालागि भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए भने रभीचन्द्र आश्विनले २ तथा हार्दिक पाण्डेया , जस्प्रित बुम्राह र मोहमद शामीले १ विकेट लिए । भारतले पहिलो इनिङ्सको ब्याटिंग गर्दैछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]