default_image

8 years ago

June 10, 2018

चौधरी धनगढी क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षक नियुक्त

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले ग्रासरुटबाटै नेपाली क्रिकेटको विकास गर्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरीलाई एकेडेमीको मख्य प्रशिक्षक नियुक्त गरेको छ ।

प्रशिक्षक दीपेन्द्र चौधरी ।

डिसिएले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ग्रासरुट लेभलको क्रिकेट विकासमा विशेष ध्यान पु¥याउने उद्देश्यले डिसिएको प्रमुख प्रशिक्षकको रुपमा एसीसीका लेभल थ्री प्रशिक्षक चौधरीलाई नियुक्त गरेको जनाएको छ । क्रिकेटलाई भविष्य बनाउने सपना बोकेका ती खेलाडीहरुको प्रतिभा तिखार्न हामीले यस एकेडेमीमा दीपेन्द्र चौधरीलाई १ वर्षका लागि प्रशिक्षकका रुपमा नियुक्त गरेको हो, विज्ञप्तीमा भनिएको छ ।

एकेडेमी सन् २०१२ मा स्थापना भएको थियो । स्थापना कालदेखि नै एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । एकेडेमीले गत चैत ३० गते धनगढी प्रिमियर लिग ९डिपिएल–२० को सफल आयोजना गरेको थियो । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउने पुस्ताका खेलाडी रहेका चौधरीले सन् १९९८ मा डेब्यू २०११ मा अन्तिमपटक राष्ट्रिय टोलीबाट खेलेका थिए ।

१३ वर्ष टप अर्डर ब्याट्सम्यानका रुपमा राष्ट्रिय टोलीमा बिताएपछि प्रशिक्षण थालेका उनले एसियाली क्रिकेट परिषद्् ९एसीसी० बाट लेभल थ्री को प्रशिक्षण पनि लिएका छन् । उनले २०१४ मा भएको एसियन गेम्समा दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षक भइ काम गरिसकेका छन् । उनी यू–१६ राष्ट्रिय टोलीका प्रशिक्षक समेत हुन् ।

नेपालले एसिसी ट्रफी खेल्दा र विश्वकप छनोटका क्रममा मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सहायकका रुपमा उनले भुमिका निर्वाह गरेका थिए । घरेलु ठूला प्रतियोगिताहरुमा समेत विभिन्न टोलीको प्रशिक्षकत्व वहन गरिसकेका छन् । डीपीएलमा उनले विराटनगर किंग्स तथा इपीएलमा चितवन टाइगर्सको प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका छन् । एकेडेमीमा अहिले ९० जना खेलाडीहरु नियमित प्रशिक्षण लिइरहेका छन् । जसमध्ये २५ जनालाई पूर्ण छात्रवृत्तिमा एकेडेमीले प्रशिक्षणको व्यवस्था मिलाएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.