default_image

8 years ago

June 11, 2018

एपिएफ प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन, सागर सर्वोत्कृष्ट

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको एक्सेलसिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपिएफ प्रधानमन्त्री कपको च्याम्पियन बन्न सफल भएको हो ।

तस्बिरहरु: विवेक सुवेदी /हाम्रो खेलकुद

च्याम्पियन एपिएफ क्लबका खेलाडी ।

आर्मीले दिएको २ सय १० रनको मध्यम लक्ष्य एपिएफले ४१.२ मा ४ विकेट गुमाएर पूरा ग¥यो । टोलीका लागि अनिल कुमार साह र प्रदीप ऐरीले अर्धशतक बनाएपछि जित सम्भव भएको थियो । अनिल र प्रदीपले समान ६३ रनको योगदान गरे । ओपनर सुवास खकुरेल व्यक्तिगत १२ रनमा रिटायर्ड हर्ड भएर मैदान बाहिरिएपछि प्रदीपले अनिललाई राम्रो साथ दिएका थिए ।

उनीहरुले पहिलो विकेटको लागि १ सय १९ रनको साझेदारी गर्दै टिमको जितको आधार खडा गरेका थिए । प्रदीप रन आउट भएका थिए । त्यसपछि थप ११ रन जोड्दा एपिएफले दोस्रो विकेटको रुपमा अनिललाई गुमायो । अनिलले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । पृथु बास्कोटाले ३२ रन बनाए ।

युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले १५ रन जोडे । करण केसी १५ तथा सुवास खकुरेल १४ रनमा नटआउट रहे । आर्मीका सोमपाल कामीले ३ र विक्रम सोबले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ९ रनको मध्यम योगफल तयार पारेको थियो ।

प्रतियोगितामा दोस्रो भएको त्रिभुवन आर्मी क्लबका खेलाडी ।

सुस्त सुरुवात गरेको आर्मीले २१ रन जोड्दा पहिलो विकेटको रुपमा सागर पुनलाई ५ रनमा गुमाएको थियो । सागरलाई करणले एलबिडब्लुको शिकार बनाएका थिए । अर्का ओपनर अनिल मण्डललाई १९ रनमा गुमाएपछि आर्मी केही धर्मराएको थियो । टिमको स्कोर ५६ रन हुदा आर्मीले महत्वपूर्ण ४ विकेट गुमाउदा आर्मी पुरै दवावमा आएको थियो ।

राजु रिजाल ६ तथा नरेश बुढाएरलाई २० रनमा आउट भए । त्यसपछि क्रिजमा आएका भीम सार्की र राजेश पुलामी मगरले आर्मीको इनिङ्स सम्हालेका थिए । उनले पाचौं विकेटका लागि राजेश पुलामी मगरसँग ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । एपिएफ कप्तान बसन्त रेग्मीको बलमा बोल्ड हुनुअघि भिमले ४८ बलमा दुई चौका र दुई छक्का हान्दै ४५ रन बनाए ।

भीम आउट भएपछि व्यक्तिगत २७ रनमा राजेश पुलामी मगर पनि आउट भएपछि आर्मी ४१ औं ओभरमा १ सय ३० रन ६ विकेटको नाजुक स्थितिमा पुगेको थियो । कप्तान विनोद भण्डारी र सोमपाल कामीले सातौं विकेटका लागि ५७ रनको साझेदारी गरेपछि आर्मी दुई सय रन नजिक पुगेको थियो ।

करणको बलमा पवन सर्राफले १४ रनको व्यक्तिगत स्कोरमा जीवनदान पाएपछि भण्डारीले आक्रमक इनिङ्स खेल्दै २५ बलमा चार चौका र १ छक्काको मद्दतमा ३५ रन जोड्न सफल भए । सोमपालले २ छक्का र १ चौका प्रहार गर्दै ३६ रन बनाए ।

एपिएफका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । कप्तान बसन्त रेग्मी र भुवन कार्कीले समान २ विकेट तथा अमरसिंह राउटेला र पवन सर्राफले समान १ विकेट लिए । उपाधिसँगै एपिएफले २० लाख र आर्मीले १० लाख रुपैया प्राप्त गर्यो ।

सागर सर्वाेत्कृष्ट
आर्मीका सागर पुन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले १ लाख रुपैया प्राप्त गरे । एपिएफका प्रदीप ऐरी उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुसन भारी उत्कृष्ट बलर घोषित भए । उनीहरुले समान ५० हजार रुपैया पाए । प्रदेश नम्वर ४ का हरि बहादर चौहान इमर्जिङ खेलाडी घोषित भए ।

म्यान अफ दी सिरिज आर्मीका सागर पुन ।

प्रतियोगिता विजेता, उपविजेता टोलीका खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टलगायतले पुरस्कृत गरे । पहिलोपटक संघीय संरचनाअनुसार गत जेठ ११ गतेबाट शुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.